आज विश्व हात धुने दिवस हो । यो दिवश विविध कार्यक्रमको आयोजना गरि नेपालमा पनि मनाईएकोछ । नेपालमा सन् २००८ अक्टोबर १५ देखि विश्व हात धुने दिवस मनाइँदै आएता पनि विगतको समयमा कतिपय मानिसहरूले कामकाजबाट आएर हातै नधोएर खाने बानी थियो । कतिपय मानिसहरूले खानखानुभन्दा पहिले हात सफा राख्नुपर्छ भन्दा भन्दै पनि राम्रोसँग हातै नधोएर खानेबानी थियो । विगतको समयमा कतिपय मानिसहरूले शौचाल्य गएर आएपछि खरानी पानीले हात धुने, पानीले मात्र हात धुने बानी थियो जसका कारण विभिन्न समस्याहरू आउने गर्दथे । पछि देशमा कोभिट १९ लगायत विभिन्न प्रकारका रोगहरू भित्रियसँगै सुबुनपानीले हातधुने प्रक्रिया बढेको हो । साबुनपानीले मिचीमिची हात धुने बानीले श्वासप्रश्वासजन्य एवं निमोनिया सङ्क्रमण तथा झाडापखालामा कमी ल्याउन र जीवाणुद्वारा लाग्ने रोगबाट पनि बच्न सकिने तथ्य विभिन्न अध्ययनहरूले देखाएका पनि छन् । चिकित्सकहरुका अनुसार शौचालय प्रयोग गरेपछि, बालबालिकाको दिसा

धोएपछि, हात फोहर भएपछि, खाना बनाउनु, खाना खानु र खुवाउनु अगाडि, अनुहार, नाक, मुख, आँखा छोइसकेपछि, बाहिरबाट घर फर्किएपछि साबुनपानीले नियमित हात धुने बानी विकास गर्नुपर्दछ । साथै बालबालिकालाई घरमा नै साबुनपानीले हात धुने बानी बसाल्नुपर्दछ । जीवाणु ब्याक्टेरिया र विषाणु भाइरस जन्य रोग लाग्नबाट रोक्ने र जीवन बचाउने सजिलो, प्रभावकारी र किफायती तरिका साबुनपानीले हात धुनु हो। साबुनपानीले हात धुँदा कीटाणुहरूबाट मुक्ति पाउनुका साथै आफूलाई र आफ्ना वरपरका मानिसलाई बिरामी हुनबाट जोगाउन सकिने बताइएको छ। हामीहरू स्वस्थ सफा रही, आफ्नो शरीरलाई स्वस्थ बनाउन, सबैले आफु, आफ्नो घरपरिवार, समाजलाई स्वस्थ बनाउनका लागि शौचालय प्रयोग गरेपछि, बालबालिकाको दिसा धोएपछि, हात फोहर भएपछि, खाना बनाउनु, खाना खानु र खुवाउनु अगाडि, अनुहार, नाक, मुख, आँखा छोइसकेपछि, बाहिरबाट घर फर्किएपछि, बालबालिकालाई घरमा नै साबुनपानीले हात धुने बानी साबुनपानीले नियमित हात धुने बानी विकास गराउनु पर्दछ । अनिमात्र जीवाणु ब्याक्टेरिया र विषाणु भाइरस जन्य रोग लाग्नबाट बचिन्छ , जसका कारण आफु, आफ्नो घर परिवार, समाज स्वस्थ बनाउन सकिन्द्धछ ।

