थर्काेट समाचारदाता
तुलसीपुर ०९ भदाै

सामाजिक उत्तरदायित्व विषयेक एकदिने शैक्षिक सामाग्री वितरण कार्यक्रम तुलसीपुर -३ श्री माध्यामिक विद्यालय प्रतापकाेट आम्बासमा हुने भएको छ ।
श्री माध्यामिक विद्यालय प्रतापकाेट आम्बासका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टाेप बहादुर नेपालीकाे अध्यक्षता एंव तुलसीपुर उपमहानगरपालिका -३ का वडा अध्यक्ष बिर बहादुर बि.क. (बिजय) काे प्रमुख आतिथ्यता तथा जय जीव दर्शनका द्रष्टा समाजशेवी उपेन्द्र पाैडेलकाे विशिष्ट आतिथ्यतामा सामाजिक उत्तरदायित्व विषयेक एकदिने शैक्षिक सामाग्री वितरण कार्यक्रम तुलसीपुर -३ श्री माध्यामिक विद्यालय प्रतापकाेट आम्बासमा हुने भएको हाे । साे कार्यक्रममा विद्यालयका प्रधानाध्यापक टेक बहादुर बिश्वकर्माले विद्यालयकाे प्रतिवेदन प्रस्तुत गर्नुभएको थियाे ।

साे कार्यक्रममा थर्काेट अनलाइन डट.कम.का प्रबन्धक दाेर्ण बहादुर के.सी. र जय जीव दर्शनका द्रष्टा समाजशेवी उपेन्द्र पाैडेलकाे विशेष पहलमा दिलीप रिकन्डिसन तुलसीपुर -६ हात्ती खाैवाका पाे. दिलीप के.सी., शंकर लक्ष्मी कन्ट्रक्सन प्रा.लि. का प्राे. शंकर चाैधरी र अंगने चाैधरी, प्रशान्त नास्ता पसल तुलसीपुर -५ पिपलबाेटका प्राे. पुनाराम आचार्य, पृथ्वी एग्राेभेट सेन्टर तुलसीपुर-५ दाङका प्राे. बाबुराम बराल (उपाध्याय), धर्म माेटरसाईकल सेन्टर

तुलसीपुर – दाङले विद्यालयका प्रधानाध्यापक टेक बहादुर बिश्वकर्मा र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टाेप बहादुर नेपालीकाे राेहबरमा विद्यालय परिवारलाई स्टेशनरी शैक्षिक सामाग्रीहरु हस्तान्तरण गर्नुभएको हाे । साे सामाग्री विद्यालयले अति विपन्न विद्यार्थीहरुसँगै विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुलाई वितरण गरिने विद्यालयका प्रधानाध्यापक टेक बहादुर बिश्वकर्माले जानकारी दिनुभएको छ । साथै भाेली हुने साे कार्यक्रममा पाैराणीक लाेक संस्कृति रहने भएकोले सम्पूर्ण तयारी पुरा भएको थर्काेट अनलाइन डट.कमलाई जानकारी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds