तकियापुर स्थानीयबासीहरूका १२ घन्टा धारा खुला

Byदोर्ण के.सी.

२८ आश्विन २०८०, आईतवार १४:१५ २८ आश्विन २०८०, आईतवार १४:१५ २८ आश्विन २०८०, आईतवार १४:१५

तुलसीपुर,२८ असोज । विगतको समयमा पानीको हाहाकार हुने यस आयोजनामा पछिल्लो समय तकियापुर खानेपानी सरसफाइ तथा उपभोक्ता समितिले पानीको सहजता बनाएपछि १२ घन्टा धारा खुला गरेको हो । पानीको सहजता भएपछि बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म धारा खुला गरिएको समितिका अध्यक्ष तिलक केसीले जानकारी दिएकाछन् । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना नेपालगञ्जको ५० लाख लागतमा भमके खोलाको बाह्र मौजामा सम्पवेल निर्माण र चार किलोमिटर मुख्य पाइपलाइन विस्तार गरिएको थियो । मनिकापुर, नन्द्रगाउँ, डाँडाचिस, झारगाउँ, तकियापुर कार्य क्षेत्र रहेको आयोजनामा ४ सय घरमा धारा पुगेको छ । असार महिना देखि १२ घन्टा धारामा पानी छोडिएको र पानीको पर्याप्तता भएको प्रकृया पुर्‍याएर आएमा २४ घन्टा भित्र धारा दिने अध्यक्ष केसीले बताएकाछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds