
थर्काेट समाचारदाता
तुलसीपुर,०३ भदौ ।
ज्ञान ज्योति माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत छात्रा अदिश्री हमालको असामयिक निधन भएपछि ज्ञान ज्योति फाउण्डेसनले एक दिनका लागि पठनपाठन बन्द गर्ने निर्णय गरेको हाे ।
छात्रा हमालको निधनको खबरले विद्यालय परिवार, शिक्षक, कर्मचारी, विद्यार्थी तथा अभिभावकहरूलाई स्तब्ध एवं मर्माहत बनाएको छ। दुःखद् घटनाप्रति शोक व्यक्त गर्दै फाउण्डेसनले दिवंगत आत्माको चिरशान्तिको कामना तथा शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ।
फाउण्डेसनअन्तर्गत कक्षा ११ देखि स्नातक तहसम्मका सम्पूर्ण कक्षाहरूको पठनपाठन २०८३ भदौ ०४ गते बिहीबार एक दिनका लागि बन्द रहने जानकारी गराइएको छ।
ज्ञान ज्योति फाउण्डेसन, तुलसीपुर–०६, दाङले शोकको यस घडीमा दिवंगत छात्राप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना गरेको छ।

