चाडपर्वको बेला सुरक्षा सतर्कता अपनाउ

Byदोर्ण के.सी.

३० आश्विन २०८०, मंगलवार १२:४४ ३० आश्विन २०८०, मंगलवार १२:४४ ३० आश्विन २०८०, मंगलवार १२:४४

विजयादशमी तथा शुभ दिपावली, छठ पर्व चाडपर्वहरू नजिकिदै गरेकाछन् । यस्तो अबस्थामा सबैले आ–आफ्नो क्षेत्रबाट सुरक्षा अपनाउनुहुन जरूरीछ । यस्तो अबस्थामा सबैले आफ्नो गाउँ, छिमेकमा सुरक्षा सतर्कता अपनाइ आफु, आफ्नो परिवार, छिमेक र समाजलाई सुरक्षित राख्न प्रहरीले सबैमा अनुरोध समेत गरेको छ । चाडपर्वमा कतिपयले सामाजिक सञ्जालमा आफ्नो बारेमा प्रकाशन गरे बाफत घटनाले प्रश्य पाउने भएकोले जो कोहीले पनि सामाजिक सञ्जाल त्यस्ता प्रकारका गतिविधीहरू नराख्न, बाटोमा हिँड्दा वा अन्य ठाउँमा अपरिचित व्यक्तिले दिएको खानेकुरा नखान, चाडपर्वका बेला सचेत र चनाखो हुन काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले सबैमा अनुरोध

गरेकाछन् । यस्तै, नगद, बहुमूल्य सामान, गरगहना र महँगा मोबाइल फोन लिएर भिडभाडमा नजान, घर तथा पसल बाहिर जानुपरेमा घरको झ्यालढोका राम्रोसँग बन्द गरेको छरछैन यकिन गर्न र सकेसम्म साइरन जडित ताल्चा जडान गर्न, लामो समय घर, पसल छोडी बाहिर जानुपरेमा छिमेकी तथा नजिकैको प्रहरीलाई खबर गर्न पनि भनिएको छ । यस्तै, सकेसम्म डिजिटल प्रविधि मार्फत रकमको कारोबार गर्न, आफ्नो मोबाइल बैंकिङको पासवर्ड लगायत हरदम गोप्य राख्न, चेकबाट कारोबार गर्नुपर्ने अवस्थामा आफ्नो रकमले भ्याउने अङ्कको मात्र चेक जारी गर्न तथा सामाजिक सञ्जालमा आफ्नो व्यक्तिगत तथा यात्राको विवरण अद्यावधिक नगर्न अनुरोध गरिएको छ । लङ्गुरबुर्जा, तास, जुवा लगायतका हारजित हुने खेल खेल्दा उठिबास हुन सचेत बन्न, जाँड रक्सी तथा लागुपदार्थ सेवन गरेर गाडी नचलाउन, ट्राफिक नियमको पालना गर्न पनि प्रहरीले सबैमा अनुरोध गरेको छ । उपत्यका प्रहरीले तालिम प्राप्त कुकुर र ड्रोनको समेत प्रयोग गरेर उपत्यकामा सुरक्षा निगरानी बढाएकाले ढुक्कसँग चाडपर्व मनाउन पनि प्रहरीले सबैमा अनुरोध गरेकोछ । यस्तै विभिन्न जिल्लाहरूमा पनि नेपाल प्रहरीले सुरक्षा व्यवस्था कडा पारिएको र आफु सजक र सर्तकताका साथ रहेर चाडपर्वहरू मनाउन सबैमा अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds