नागरिहहरू निरन्तर रूपमा सर्तक रहन जरूरी छ

Byदोर्ण के.सी.

१ कार्तिक २०८०, बुधबार १५:१७ १ कार्तिक २०८०, बुधबार १५:१७ १ कार्तिक २०८०, बुधबार १५:१७

नेपाल सरकारले हिन्दुहरूको महान पर्व दशै तिहार तथा छठ पर्वलाई मध्यनजर गरेर दाङका आठ स्थानमा दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गरेर नागरिक सहायता कक्ष स्थापना गरेर राम्रो काम गरेको छ । । चाडपर्वमा घर फर्कने र जिल्ला बाहिर जाने यात्रुलाई आवत जावत गर्न सहज होस् भन्ने उद्देश्यका साथ जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालयको सहकार्यमा असोज १८ गतेदेखि नागरिक सहायता कक्ष स्थापना गरेपछि यात्रुहरूले सोचेभन्दा पनि धेरै सुरक्षा, शान्ति पाएकाछन् ।जिल्लाका विभिन्न स्तथानहरूमा सहायता केन्द्र स्थापना गरि शान्ति सुरक्षा चाडपर्वमा मात्र नभएर अझ निरन्तर रूपमा दिन सकेमा नेपाली नागरिकले सधैभरि शान्ति सुरक्षा पाउने थिए । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी

प्रमुख एसपी रामबहादुर केसीले नागरिक सहायता कक्षमा प्रहरी, ट्राफिक मिलेर जिल्लाबाट बाहिरीने र घर फर्कने यात्रु तथा बटुवालाई सहयोग गर्ने, दशैं तिहारको समयमा विशेष गरेर यात्रुको चाप बढी हुने भएकाले सवारी दुर्घटना बढी हुने गरेको हुन सक्ने भन्दै सचेत रहन सबैमा आग्रह आम जनताहरूलाई निरन्तर रूपमा पस्कन सकेमा जनताहरू धेरै सुरक्षित हुने थिए। गाडीको सिट क्षमता भन्दा बढी यात्रु बोक्न तथा सामग्री हाल्न रोक लगाउने, सवारी अभावमा लामो समयसम्म अलपत्र परेका यात्रुलाई गाडीको व्यवस्था मिलाई घरसम्म पठाउन सहजीकरण गर्ने, जिल्लाका विभिन्न स्थानमा दशैं९तिहारलाई लक्षित गरेर चौबिसै घन्टा सुरक्षागस्तीको व्यवस्थालाई कडा पारि जनतालाई सेवा दिन सकेमा सुरक्षा दुर्धटनासँगै अन्य खराव गतिविधीहरूको समेत न्युनिकरण हुने थियो । यसैबिच चाडपर्वका बेलामा मात्र नभएर आम जनताहरूले सधैभरि निरन्तर रूपमा सुरक्षा सतर्कता अपनाइ सुरक्षित रहन सकेमा नत अन्य घटनाको डर नत सवारी दुर्घटनाको डर । त्यसैले आम नागरिकहरू नेपाल प्रहरीले दिएको सन्देशलाई आत्मसाथ गर्दै सजेत रहन जरूरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds