बालबालिकाहरूको पौष्टिक आहारा स्तानपान

Byदोर्ण के.सी.

३१ भाद्र २०८०, आईतवार १८:२२ ३१ भाद्र २०८०, आईतवार १८:२२ ३१ भाद्र २०८०, आईतवार १८:२२
   स–साना बालबालिकाहरूको पौंष्टिक आहारा भनेकै नै आ–आफ्ना आमाहरूको स्तनपान हो । पछिल्लो समयमा आएर अधिकांश आमाहरूले आफ्ना स–साना बालबालिकाहरूलाई आफ्नो पोशिलो दुध नखुवाएर बजारको दुध खुवाएको पाउन थालिएको छ । स–साना बालबालिकाहरूलाई आमाहरूले बजार दुध खुवाएकै कारण पछि गएर ति बाल बालिकाहरूको अबस्था सार्है कमजोरी हुन्छन् भन्ने कुराप्रति कसैले ध्यान दिदैनन् । समयमै ध्यान नदिएकै कारण थुर्पै बालबालिकाहरूले थुर्पै पीडा खेप्नु पर्ने एक तथ्यान्कले बताएको छ त्यसैले आम आमाहरूले आ–आफ्ना छोराछोरीहरूलाई बजारमा पाईने दुध नखुवाई आफ्नै दुध खुवाई छोराछोरीको उज्जवल भविष्यका लागि आम आमाहरूले समयमै ख्याल पु¥याउन जरूरी छ 

  किनकी आजका बालबालिकाहरू भनेका भविष्यका कर्णधार, देशका खम्बा तथा देशका रक्षकहरू हुन त्यसैले सबैले स–साना बालबालिकाहरूलाई बाल्य अवस्थामा पोशिलो खाने कुरा अनिवार्य रुपमा खुवाउनुपर्छ । यसरी बालबालिकालाई पोशिलो खाने कुरा खुवाउने काम तथा कर्तव्य अभिभावकको भएकाले यसप्रती सम्पूर्ण अभिभावकहरूले राम्रो कुरा खुवाउन सक्रिय हुनुपर्दछ । हाम्रो समाजका विभिन्न प्रकारका पोशिला कुराहरू पाइन्छन तर ती पोशिला चिजहरू मध्यमा बालबालिका हरूको लागि  उत्कृष्ट पोशिलो खाने कुरामा आमाको दुध नै हो ।  बाल्य अवस्थामा आमाको दुध राम्रो तरिकाले खुवाएमा ठूलो भएपछी सो बच्चा स्वस्थ र मानसिक रुपमा समेत अति नै उत्तम हुन्छ । आमाको दुधले बाल्यकालमा कतिपय स–साना रोग व्याधिबाट समेत बच्चालाई जोगाउने गर्दछ जसलाई विज्ञानले पनि प्रमाणित गरिसेकेको छ तर दुःखका साथ भन्नुपर्छ, पछिल्ला दिन हरुमा आमाले बच्चालाई स्तनपान गराउने कार्य घट्दै गएको छ । आमाहरुले आ–आफ्ना बच्चालाई आफ्नो दुध खुवाउन धौ मानेर  बजारबाट किनेको गाई–भैसीको दुध खुवाउने गर्दछन् । केही घरपरिवारले त झन प्याकेटको दुध खुवाउने गरेको पनि देखिएको छ । 


जसले गर्दा बच्चालाई यति नकारात्मक असर पु¥याउँछ की जसको लेखा जोखा गरेरै साध्य छैन । आमाको दुध खानै नपाएको बच्चा एकातिर आमाको दुधमा भएको पोषणबाट बञ्चित हुन्छ भने अर्को तर्फ आमाको न्यानोपन बाट बञ्चित भएको महसुस सो बच्चाले गर्दछ । कतिपय बच्चामा यसै कारणले मानसिक रोगी भएको पनि एक तथ्यांकले देखाएको छ । तथ्यांकको आधारमा भन्नु पर्दा आमाको स्तनपान नगरेकै कारण विश्वमा १३ प्रतिशत बालबालिकाको मृत्यु हुने गरेको छ । सबै कुरालाई विश्लेषण गर्दा आमाको दुध सर्वोत्तम पौष्टिक आहारा हो । यसबाट बालबालिकालाई बञ्चित गर्नु भनेको बाल बालिकाको भविष्यमा खेलवाड गर्नु हो । बूढेश कालमा साहारा दिने छोरा  छोरीलाई उसको अधिकारको रुपमा रहेको स्तनपानबाट बञ्चित बनाउँदा पछि आफैलाई हानि हुनेछ ।             

      भन्ने कुरा प्रत्येकका वुवाआमा तथा अभिभावक हरूले बुझ्नुपर्छ । कतिपय आमाहरूले स्तन झोलिने  डरले बच्चा बच्चिलाई स्तनपान गराउँदैनन् । जसका कारण तत्काल त सो आमाको स्तन कसिलो होला, पछि उसको स्तनमा क्यान्सर हुने सम्भावना हुन्छ । त्यसैले स्तनपानले बच्चालाई मात्र नभएर आमालाई पनि अस्वस्थ बनाउने भएकाले यसको  अपरिहार्यता लाई कसैले पनि अबमुल्यन    नगरौं । स्तनपान बोझको  भारी नभएर आमाको दायित्व भित्र पर्ने सबै भन्दा सुन्दर कार्य हो । यो  कुरालाई सबैले बुझ्न जरुरी छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds