कक्षा ११ का विद्यार्थीले पाए ज्ञानज्योतिमा स्वागत

Byदोर्ण के.सी.

३१ भाद्र २०८०, आईतवार १४:१७ ३१ भाद्र २०८०, आईतवार १४:१७ ३१ भाद्र २०८०, आईतवार १४:१७

तुलसीपुर, ३1 भदौ
ज्ञानज्योति फाउण्डेसनद्धारा सञ्चालित ज्ञानज्योति सेकेण्डरी स्कुल तुलसीपुरले कक्षा ११ का विद्यार्थीलाई स्वागत गरेको छ । आज शनिबार एक भव्य कार्यक्रम गरि कक्षा १२ मा अध्ययनरत विद्यार्थीले कक्षा ११ मा विद्यार्थीलाई स्वागत तथा सम्मान गरेका हुन् । कक्षा १२ का विद्यार्थी सुशील पराजुलीको अध्यक्षता तथा ज्ञानज्योति फाउण्डेसनका संस्थापक अध्यक्ष तथा शिक्षाविद् टिका बहादुर जिसीको प्रमुख आतिथ्यता तथा वडा नं. ६ का वडा अध्यक्ष दुजमान भण्डारीको विशिष्ट आतिथ्यमा भएको कार्यक्रममा बोल्लै प्रमुख अतिथि जिसीले आफुहरुले स्थापना गरेको विद्यालयले जिल्लामै उत्कृष्ट नतिजा ल्याउदा निकै गर्व लाग्ने गरेको बताएका थिए ।विद्यालय आफैँमा शिक्षाको ज्योति प्रदान गर्ने र विद्यार्थीको भविष्य निर्धारण गर्ने थलो भएको बताएका थिए । अध्यक्ष जिसीले ज्ञान ज्योती विद्यालय यतिकै ज्ञानको ज्योति बनेको नभई यहाँका शिक्षक,शिक्षिका, विद्यार्थी, अभिभावक, विद्यालय प्रशासन लगायतकाले महत्पूर्ण योगदानबाट मात्र ज्ञानज्योति बनेको बताएका थिए । त्यस्तै विशिष्ट अतिथि भण्डारीले ज्ञानज्योति विद्यालय दाङ जिल्लामा मात्र नभई लुम्बिनी प्रदेशकै उत्कृष्ट शिक्षा प्रादन गर्न सफल विद्यालय रहेको उहाँको दावि छ। पछिल्लो समय १२ कक्षा पास गरेर विदेशीने क्रम बढ्दो रहेको भन्दै त्यसलाई रोक्नका लागि सबैले भुमिका खेल्नुपर्ने बताएका थिए । कार्यक्रममा विद्यालयका सियो सुरेन्द्र जिसी, सहायक प्रधानाध्यापक मनोजकुमार केसी र रिपोर्टर्स क्लब दाङका अध्यक्ष शरद रेग्मी लगाएतकाले ले शुभकामना मन्तव्य राखेका थिए। कार्यक्रममा नेपाली सुगम संगितका गायक प्रताप दासले फोटो फिरीममा, ए मेरो हजुर लगायतका गीत गाएर विद्यार्थीलाई छमछमी नचाएका थिए । कार्यक्रममा गायक तथा संगितकार गोविन्द मधुर आर्चायले चोली फाट्योकी मेरी आमाको‘ लगायतका गीत गाएका थिए । त्यस्तै विद्यार्थीहरुले विभिन्न सांगितक प्रस्तुती राखेका थिए । कार्यक्रममा जिल्ला प्रथम आउन सफल विज्ञान संकायमा अध्ययनरत सिद्धान्त केसी, व्यवस्थापन संकाय तर्फ विद्यालय प्रथमहुने केशवराज महतरा, कानुन संकाय तर्फ प्रथम हुने रुपा केसी र शिक्षा संकाय तर्फ प्रथमहुने सरिता डिसीलाई सम्मान गरिएको थियो । कार्यक्रममा विभिन्न क्षेत्रबाट आएका पदाधिकारीहरु, शिक्षकशिक्षिका, विद्यार्थी, पत्रकार लगायतको उपस्थिती रहेको थियो । विद्यालयका एकाडेमीक कोडिनेटर शरद गौतमको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजिकरण शिक्षक तथा पत्रकार सन्तोष केसीले गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट