तुलसीपुर, २८ साउन ।
अबको सामुदायिक वन : युवा सहभागिता, हरित अर्थतन्त्र र दिगो व्यवस्थापन” भन्ने मूल नाराका साथ तुलसीपुरमा वन दिवस–२०८३ सम्पन्न भएको छ।

कार्यक्रम स्थानीय वन महासंघ तुलसीपुरका अध्यक्ष खेमलाल महतराको अध्यक्षता तथा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफन) लुम्बिनी प्रदेशका महासचिव शोभाकर सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

कार्यक्रममा जिल्ला महासंघका सह–सचिव भूपबहादुर के.सी., तुलसीपुर सव–डिभिजन वन कार्यालयका वरिष्ठ वन अधिकृत खिमबहादुर के.सी., तुलसीपुर सव–डिभिजन वन कार्यालयका पूर्व वरिष्ठ वन अधिकृत कमल पुन, तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका सुशील श्रेष्ठ, अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था तुलसीपुर–९ नमुनानगरका उपाध्यक्ष मेघराज पाण्डे, ग्रिन फाउन्डेसन दाङका उद्यम विकास अधिकृत सुरेश रावत लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल तथा स्थानीय वन महासंघ तुलसीपुरको आयोजनामा भएको कार्यक्रममा सामुदायिक वन उपभोक्ता, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि, महिला तथा युवालगायतको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रममा वन दिवस–२०८३ का विषयमा छलफलका लागि आधारपत्र प्रस्तुत गरिएको थियो। आधारपत्र संस्थाका अध्यक्ष खेमलाल महतराले प्रस्तुत गर्नुभएको थियो। यस्तै, रेड (REDD+) सम्बन्धी कार्यक्रमका विषयमा स्थानीय सामुदायिक वन महासंघ तुलसीपुरका सदस्य विद्याराज कँडेलले जानकारी गराउनुभएको थियो।

कार्यक्रममा वक्ताहरूले सामुदायिक वनको संरक्षण र व्यवस्थापनमा स्थानीय उपभोक्ताको भूमिकालाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए। साथै वन संरक्षणसँगै रोजगारी तथा आयआर्जनका अवसर सिर्जना गर्दै हरित अर्थतन्त्रको विकास र युवाको अर्थपूर्ण सहभागिता बढाउनुपर्नेमा जोड दिइएको थियो।

कार्यक्रममा स्थानीय वन महासंघ तुलसीपुरका उपाध्यक्ष जितबहादुर थापाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण स्थानीय वन महासंघ तुलसीपुरकी सचिव रक्षा काफ्ले खड्काले गर्नुभएको थियो।

वन दिवसका अवसरमा सामुदायिक वनलाई केवल वन संरक्षणको माध्यमका रूपमा मात्र नभई स्थानीय समुदायको आर्थिक, सामाजिक तथा वातावरणीय विकाससँग जोडेर अघि बढाउनुपर्ने धारणा व्यक्त गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds