तुलसीपुर २४ असोज
आजभोली जताततै यत्रतत्र प्लाष्टिकजन्य फुलगुच्चा तथा प्लाष्टिकका पोलोथिनहरू प्रसस्त मात्रामा पाईने गरेकोछ । मानिसहरूले सानोदेखि ठुलो सामान लिदापनि
प्लाष्टिकको प्रयोग गर्ने र प्रयोग गरिसकेपछि राम्रोसँग राख्ने बानी नबसेकै
कारण ति सामानहरूले वातावरणमा धेरै असर पारेको तपाई हामीहरू सबैलाई थाहाछ । सोही अनुरूपले लामो समयको अन्तरालपछि तुलसीपुर उपमहानगरपालिकाले प्लाष्टिकजन्य फुलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण तथा भण्डारण गर्न पूर्ण रुपमा रोक लगाउने भएको छ । उपमहानगरले मंगलबार एक सूचना जारी गरेर प्लाष्टिकजन्य फुलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण तथा भण्डारण गर्न पूर्ण रुपमा रोक लगाउने निर्णय गरेको जनाएको हो । नेपाल सरकारले वातावरण संरक्षण ऐन, २०७६ को दफा १५ को उपदफा ९६० ले दिएको अधिकार प्रयोग गरी राजपत्रमा प्रकाशित सुचना अनुसार रोक लगाउने निर्णय गरेको जारी सुचनामा उल्लेख गर्नु राम्रो कुरा हो । तैपनि नेपाल सरकार तथा यहाँका सम्बन्धित सरोकारवाला निकायहरूले जुन कुरा कागजमा मात्र सिमित नराखी व्यवहारमा उर्तान सफल भएमा मात्र हाम्रो तुलसीपुर राम्रो तुलसीपुर हुनेछ । त्यसकारण तुलसीपुर उपमहानगरपालिका यस्ता प्रकारका प्लाष्टिकजन्य बस्तुहरूको अन्त्य गरि हाम्रो तुलसीपुर राम्रो तुलसीपुर निर्माणका लागि समयमै एकजुट आवश्यकछ ।

