सार्वजनिक स्थलमा अनिवार्य मास्क लगाउन प्रयोग गरौ ।

Byदोर्ण के.सी.

२० मंसिर २०८०, बुधबार १५:०९ २० मंसिर २०८०, बुधबार १५:०९ २० मंसिर २०८०, बुधबार १५:०९

हामीहरूले सार्वजनिक स्थल, विभिन्न गोष्ठि, कार्यक्रमहरूको भिडभाडमा तथा बाटोमा हिड्दा अनिवार्य रूपमा मास्कको प्रयोग गर्नुपर्दछ । किनभने सार्वजनिक स्थलमा विभिन्न जिल्लाका मानिसहरूको जमघट हहन्छ भने बाटोमा हिंड्दा धुँवा धुलोले असर नगरोस र महामारी रारेगहरूले संक्रमन गर्न नपावस भनेर मास्कको प्रयोग अनिवार्य गर्नुपरेको हो । यसै विषयमा नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पनि सार्वजनिक स्थलहरूमा अनिवार्य मास्क लगाउन अनुरोध गरेको छ । मन्त्रालयले आज एक विज्ञप्ति प्रकाशित गरी छिमेकी देशमा कोरोना भाइरस नयाँ भेरियन्ट बिएफ–७ को सङ्क्रमण तथा विभिन्न प्रकारका नयाँ रोगहरूको आगमन भएकोले विभिन्न प्रकारका बच्नलाई मास्क लगाउन आग्रह गरेको हो । यसैगरी मन्त्रालयले मानिस आफ्नो हुन्छ तर रोग आफ्नो हुँदैन भन्दै भौतिक दूरीसमेत कायम गर्न पनि आग्रह गरेको छ । विगतको कोरोना भाईरस व्यापक भएको बेलामा स्वास्थ्य मन्त्रालयका प्रवक्ता तथा डा सञ्जयकुमार ठाकुरद्वारा हस्ताक्षरित उक्त विज्ञप्तीमा स्यानिटाइजरको प्रयोग गर्न, नियमित रूपमा साबुनपानीले हात धुने लगायत स्वास्थ्यका सबै मापदण्ड अनिवार्य पालना गर्न आग्रह गरिएको थियो । यसैगरी सो समयमा कोरोना भाईरसले व्यापकता लिएको कारणले गर्दा कोभिड–१९ को बुस्टर डोज खोप लगाउन पनि सबैमा अपिल गरिएको थियो भने हाल आएर अन्य कुरा कमी हुँदै गएतापनि मास्क भने अनिवार्य लगाउनु पर्ने सबैको सुझाव रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds