दोर्ण के.सी.
तुलसीपुर २१ म्ंसिर
लघुवित्तिय संस्था विरूद्वको संघर्ष समिति भनेको यस देशका आतंककारी, जाली, फटाहा, भष्ट्रचारी, गरिव जनताको रगत पसिना चुसाहालाई कारवाहीको दायरामा ल्याउनुका साथै, लघुवित्त वित्तिय संस्थाको खारेजीका लागि अगाडि बढेकाले सम्पूर्ण पीडितहरू एकजुट हुन सबैमा आग्रह गर्नुभएको छ । उहाँले जबसम्म पीडित दिदीबहिनीहरूलाई हर्जना, जरिबाना, सेवा शूल्क लगायतका विभिन्न बाहना पारी आम गरिव जनताहरूसँग लिएको ३० वर्षको हिसाव किताब गर्दैन तबसम्म संघर्ष समितिको आन्दोलन नरोकिने बताउनु भएको थियो । लघुवित्तिय संस्था विरूद्वको संघर्ष समिति तुलसीपुर दाङले दाङको तुलसीपुरमा आयोजना गरेको नगर स्तरीय भेलालाई सम्बोधन गर्दै लघुवित्त वित्तिय संस्थाद्वारा ५८ लाख ऋणी दिदीबहिनीहरू मध्य ६० हजार एकदमै पीडित, ३३ लाख ऋण तिर्नै नसक्ने र १० लाख बढी दिदीबहिनीहरू करौडौको किस्ता हाल्ने पाईएको बताउनुभएको थियो । उहाँले भेलालाई सम्बोधन गर्दै सम्पूर्ण लघुवित्त वित्तिय संस्थाहरूले जबसम्म पीडित महिलाहरूको अधिकार पुरा गर्न सक्दैनन् तबसम्म संघर्ष समतिको आन्दोलन पनि नरोकिने बताउनुभएको हो ।

उहाँले सम्पूर्ण लघुवित्त वित्तिय संस्थाहरू खारेजसँगै ऋण मिनाहाको लागि सम्पूर्ण पीडित दिदीबहिनीहरू एकजुट भएर आन्दोलनमा लाग्न सबैमा आग्रह गर्नुभएको छ । उहाँले आफ्नो अधिकार सुनिष्चित गर्न हजुर–हजुर भनेर होईन आन्दोलन गर्दै कोसेर लिन भएकोले सम्पूर्ण पीडित महिलाहरू जस्तोसुकै आन्दोलनका लागि पनि सक्रियताका साथ लाग्न आग्रह गर्नुभएको छ । बृद्व महिला दुःख कुमारी बि.ककको अध्यक्षता एंव लघुवित्तिय संस्था विरूद्वको संघर्ष समितिका केन्द्रीय उपाध्यक्ष रमेश सुनारको प्रमुख आतिथ्यता तथा लघुवित्तिय संस्था विरूद्वको संघर्ष समिति दाङका अध्यक्ष कृष्ण बहादुर सुनारको विशिष्ट आतिथ्यतामा सम्पन्न भेलामा लघुवित्तिय संस्था विरूद्वको संघर्ष समितिका केन्द्रीय सञ्चारका केन्द्रीय सदस्य तथा थर्कोट त्रैमासिकका प्रकाशक दोर्ण बहादुर के.सी, तारा बोहरा, लघुवित्तिय संस्था विरूद्वको संघर्ष समितिका जिल्ला सदस्य तथा नगर अध्यक्ष नुम बहादुर परियारले शुभकामना मन्तव्य राख्नुभएको थियो । भेलाले नुम बहादुर परियारको अध्यक्षतामा ११ सदसीय लघुवित्तिय संस्था विरूद्वको संघर्ष समिति तुलसीपुर नगर स्तरीय भेला निर्माण गरेको छ । जसको उपाध्यक्षमा उर्मिला बुढा, सचिवमा गायत्री नेपाली, कोषाध्यक्षमा तारा कुमारी बोहरा, सह–सचिवमा शान्ता कुमारी नेपाली तथा सदस्यहरूमा कृष्णाकुमारी बिष्ट, देबा के.सी., हिरा योगी, गिता गुरूङ, देबका बि.क., चैती चौधरी रहेका छन् भने सो समितिको संरक्षण तथा सल्लाहकारमा लघुवित्तिय संस्था विरूद्वको संघर्ष समितिका केन्द्रीय सञ्चारका केन्द्रीय सदस्य तथा थर्कोट त्रैमासिकका प्रकाशक दोर्ण बहादुर के.सी, बिष्णुकुमारी श्र।ेष्ठ रहनुभएको छ । लघुवित्तिय संस्था विरूद्वको संघर्ष समितिकी गायत्री नेपालीको स्वागत मन्तव्य रहेकोभेलाको सहजीकरण लघुवित्तिय संस्था विरूद्वको संघर्ष समितिका पूर्व अध्यक्ष दुर्गा बि.कले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds