आलोक भावुक
गढवा, १७ कात्तिक।
दाङको गढवा गाउँपालिकाले टिपाएस विया आलुबाट वीउ उत्पादक गर्ने कृषक समूहका किसानहरुलाई दुई दिने प्रविधि तालिम दिन सुरु गरेको छ । गढवा गाउँपालिका कृषि विकास शाखाले प्राविधिक र कृषकको उपस्थितीमा टिपाएस विया आलुबाट वीउ उत्पादक गर्ने कृषक समूहका किसानहरुलाई आलु खेती प्रविधि विषयक स्थलगत तालिम तथा प्लाष्टिक मल्चिङ एवं पूर्व मूल वीउ आलु उत्पादन तालिम सञ्चालन गरेको छ । कार्तिक १७ र १८ गते गढवा गाउँपालिका वडा नं ६ गढवामा गाउँपालिका आलु उत्पादन गर्ने कृषकहरुलाई दुइ दिने प्रविधि तालिम दिन सुरु गरिएको गढवा गाउँपालिकाले जनाएको छ । गढवा गाउँपालिका भरीका किसानको प्रतिनिधित्व हुने गरी २० जना कृषकहरुलाई आलुको वीउ उत्पादन गर्न उन्नत खेती प्रविधि तथा प्लाष्टिक मल्चिङ्ग प्रविधिबारे सैद्धान्तिक एवं व्यवहारिक ज्ञान प्रदान गरिने छ ।


तालिममा बरिष्ठ बागबानी बिकास अधिकृत धनराज गौतमले सहजिकरणको भुमिका निर्वाह गरेका छन्। टिपाएस विया आलु बाट वीउ उत्पादन गर्दा झार आउने हुँदा झार व्यवस्थापन, माटोमा चिस्यान कायम राख्ने बिधि, पानीको न्यूनतम उपयोगबाट खेती हुने, जराको बृद्धि तथा विकास कसरी राम्रो हुने र उत्पादनमा कसरी बूद्धि हुने कृषकहरुको निमित्त उत्पादन लागत न्यूनीकरण तथा उत्पादकत्व बृद्धिको उपयुक्त विधि वारे लिखित तथा प्रयोगात्मक विधिबाट तालिम दिईने अधिकृत धनराज गौतमले जानकारी दिएकाछन् । गढवा गाउँपालिकाका बिभिन्न वडाका कृषकहरुले आलुको वीउ उत्पादन गर्दै आएका छन् तर प्रविधि ताविम नहुँदा उत्पादनमा समस्या भएको कृषक हेमनारायण चौधरीले जानकारी दिनु भयो। म लगभग २० बर्ष देखी तरकारी खेती गर्दै आएको छु तर प्रविधि तालिम नहुँदा मौसम अनुकूल उत्पादन गर्न सकेको थिएन तर प्रविधि तालिम पश्चात् अझ उत्पादन लाई बढाउछु र क्षति हुनहबाट जोगाईछु कृषक चौधरी लेबताएका थिए। शुक्रबार गढवा गाउँपालिकाको सभाहलमा सुरु भएको तालिम दुई दिन सम्म चल्ने छ। गढवा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अम्मर राज शर्माको अध्यक्षतामा भएको तालिममा २० जना सहभागी रहेका छन्। तालिमको उद्घाटन कार्यक्रममा गढवा गाउँपालिकाका रोजगार सेवा केन्द्रका प्रमुख अशोक कुमार यादव, स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरी, कृषि विकास शाखाका प्राविधिक फुलनदेवी चौधरी, हेमराज पुन, लगायतकाको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन कृषि विकास शाखाका प्राविधिक फुलनदेवी चौधरीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds