
तुलसीपुर, १६ कार्तिक । तुलसीपुर उपमहानगरपालिकामा बिहीबार पुष्प व्यवसायीहरूले तुलसीपुरमा सयपत्री फूलको मुल्य निर्धारण गरिदिएको छ । सयपत्री फूलको मुल्यमा एकरुपता कायम गर्न मुल्य निर्धारण गरिएको हो । बिहीवार तुलसीपुर उपमहानगरपालिका भित्रका पुष्प व्यवसायी र सरोकारवासंगको छलफलपछि फुलको मूल्य प्रतिकेजी तीन सय रुपैँया

निर्धारण गरिएको हो । तिहारलाई मध्यनजर गर्दै सयपत्री फुलखेती तर्फ युवा तथा विद्यार्थीले ठाउँ – ठाउँमा फुल खेती गरेका छन् । तुलसीपुरमा १५ जना पुष्प व्यवसायी र चार वटा सामुदायिक तथा निजि स्कुल(कलेजहरु गोरखा मोडेल कलेज ,तुलसीपुर बहुप्राविधिक शिक्षालय, गुरु जजुर नमुना माबि र अमर माबि उरहरीका विद्यार्थीले तिहारलाई लक्षित गरि फूल खेती गरेका छन् । उनीहरुको गरेको फूल खेतीको बजारिकरणमा सहजता लागि न्युनतम प्रतिकेजी तीन सय रुपैया मुल्य निर्धारण गरिएको तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काले जानकारी दिएकाछन् । स्थानीय कृषक तथा व्यवसायीलाई फुल मालाहरु बिक्रि वितरणमा सहयोग गर्न उपमहानगरपालिकाले तुलसीपुरका विभिन्न चार स्थानहरु उत्तरमा अरणिको मैदान, दक्षिणमा तरकारी तथा फलफूल परिसर,पश्चिममा बसपार्कको कोशेली घर र पूर्वमा घोराही रोडमा रहेको तुलसी मार्टलाई तोकेको छ ।

