
कृष्ण के.सी.
तुलसीपुर, १७ कार्तिक ।
रेडियो प्रकृतिको विशेष भेला शुक्रबार तुलसीपुरमा सम्पन्न भएको छ । भेलामा रेडियो प्रकृति एफएम सञ्चालक समितिको अध्यक्षमा नारायण खनाल निर्वाचित भएकाछन् । रेडियो प्रकृति एफएम सञ्चालक समितिको विशेष भेलाले खनालको अध्यक्षतामा ९ सदस्य नयाँ कार्य समिति चयन पनि गरेको छ । अध्यक्ष खनाल तुलसीपुरका प्रतिष्ठित सफल व्यवसायीका रुपमा चिनिन्छन् भने तुलसीपुर उद्योग वाणिज्य संघको सल्लाहकार हुँदै हाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको सल्लाहकारको भूमिकामा रहेर सामाजिक कार्यमा सक्रिय रहेकाछन् । जसको उपाध्यक्षमा रामप्रसाद चालिसे, सचिव मेघराज भुसाल र कोषाध्यक्षमा सेवकराम भण्डारीलाई चयन भएकाछन् । त्यसैगरी समितिको सदस्यमा भारती पाठक, विष्णु भुसाल, संगीत बस्याल, भागीराम चौधरी, कुल प्रसाद चापागाईँ चयन भएकाछन् । यसैबीच एक कार्यक्रमका बिच शुक्रबार पदभार ग्रहण कार्यक्रम सम्पन्न भएको छ । रेडियो सञ्चालक समितिका निवर्तमान अध्यक्ष खगेन्द्र प्रसाद पोख्रेलको अध्यक्षता एवम् रेडियोका संस्थापक अध्यक्ष तथा तुलसीपुरका पूर्व मेयर घनश्याम पाण्डेको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । सो अवसरमा रेडियो सञ्चालक समितिका सल्लाहकार बलदेव शर्मा, समितिका सदस्य कृष्ण प्रसाद भुसाल, विज्ञापन प्रमुख प्रेमकुमारी मगर लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

