राजपुरमा पिकअप र मोटरसाइकल दुर्घटना, एकको मृत्यु एक गम्भीर घाइते

Byदोर्ण के.सी.

१४ कार्तिक २०८०, मंगलवार १५:५८ १४ कार्तिक २०८०, मंगलवार १५:५८ १४ कार्तिक २०८०, मंगलवार १५:५८

आलोक भावुक
गढवा, १४ कार्तिक दाङ देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर २ सोमाईथान मन्दिर अगाडि पिकअपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ भने एक जना गम्भिर घाईते भएका छन् ।
किराना सामान बोक्ने लु ३ च ३८५३ पिकअपले राजपुर(२, सोमाइथान मन्दिर अगाडि रा २ पा ४९११ नम्बरको मोटरसाइकललाई मंगलबार राति करिब ८ बजेतिर ठक्कर दिदा सो घटना भएको हो। ठक्करबाट मोटरसाइकल चालक राजपुर २ बेला निवासी २१ वर्षीय श्रवण यादवको घटना स्थलमो मृत्यु भएको छ भने सोही ठाउँ निवासी २६ वर्षीय सबिना यादव गम्भिर घाईते भएको इलाका प्रहरी कार्यालय गढवाले जानकारी दिएको छ। गाडी चालकलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ भने घाइतेलाई उपचारको लागि लमही अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय गढवाले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds