डिजेल र मट्टीतेलको मुल्य लिटरमा ४ रुपैयाले घट्यो

Byदोर्ण के.सी.

१५ कार्तिक २०८०, बुधबार ०१:२८ १५ कार्तिक २०८०, बुधबार ०१:२८ १५ कार्तिक २०८०, बुधबार ०१:२८

काठमाण्डौ, 15 कात्तिक ।  नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । निगमले आज मङ्गलवार राति १२ बजेदेखि लागू हुने गरी डिजेल र मट्टीतेल लिटरमा चार रुपैयाँले घटाएको छ । भारतीय आयल कर्पोरेशन (आईओसी) बाट घटेर नयाँ मूल्य आएपछि डिजेल र मट्टीतेलको मूल्य घटाइएको निगमले जनाएको छ । अब डिजेल र मट्टीतेलको उपभोक्ता मूल्य प्रतिलिटर एक सय ६४ रुपैयाँ प्रतिलिटर कायम भएको छ । भारतबाट पेट्रोल र एलपी ग्यासमा भाउ बढेर आए पनि नेपालमा भने उपभोक्ताको हितलाई ध्यानमा राखेर नबढाइएको निगमको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds