९ कार्तिक २०८०, बिहीबार १६:१० ९ कार्तिक २०८०, बिहीबार १६:१० ९ कार्तिक २०८०, बिहीबार १६:१०
दाङमा आजभोली प्लाष्टिकको प्रयोग दिनप्रतिदिन बढ्दै गएको छ । हरेक मानिसहरूले सानोे देखि लिएर ठूला दैनिक उपभोगिय बस्तु किन्दा होस् या अन्य सरसामानहरू किन्दा होस् या विभिन्न सामानहरू किन्दा होस् हरेक मानिसहरूले प्लाष्टिकलाई अत्यधिक मात्रामा प्रयोगमा ल्याएका छन् । पोलिथिन संगसंगै प्लाष्टिकका झोलाको प्रयोग पनि अत्यधिक मात्रामा बढ्न थालेको छ । जसका कारण शून्दर नगरी वजारका नामले चितपरिचित दाङको घोराही उपमहानगरपालिका तथा तुलसीपुर उपमहानगरपालिकाका शहरहरू प्लाष्टिकका कारण माटोको उर्वरा शक्तिको ह्रास बन्दै गइ हाम्रा नगरपालिकाहरू दिनप्रतिदिन कुरूप बन्दै जान सक्छन भन्ने अभियानलाई अगाडि बढाउन जरूरी छ । आज भन्दा केही वर्ष पहिले घोराही उपमहानगरपालिका र तुलसीपुर उपमहानगरपालिकाले प्लाष्टिकका पोलिथिन तथा झोलाहरूको प्रयोगमा ल्याउन रोक लगाएको थियो । सो समयमा शहरका कुन पनि क्षेत्रहरूमा प्लाष्टिकका पोलिथिन तथा झोलाहरू पाइदैन थिए जसले गर्दा ती शहरहरू दिनप्रतिदिन स्वच्छ रसफा बन्दै गएका थिए । तर, पछिल्लो समयमा आएर ति दुबै उपमहानगरपालिकाहरूले, यहाँका राजनीतिक दलका
प्रतिनिधि हरू, यहाँका सम्बन्धीत निकायहरूले यस अभियानको नियन्त्रणका लागि कुनै ठोस अभियान ल्याउन सकेन्न् । यसरी अभियान ठोस निर्णय भइ यस कार्य नियन्त्रण हुन नसकेपछि आजभोली प्लाष्टिकका पोलिथिन तथा झोलाहरू बजारका प्रत्येक गल्ली–गल्लीमा होस् या आ–आफ्ना करेसाबारीहरूमा प्रसस्तै मात्रामा पाउन सकिन्छ । ठूलठूला कार्यक्रममा भाषण छाट्ने नेता होस या सम्बन्धीत निकाय कसैलेपनि यसको नियन्त्रणका लागि आवाज उठाउन सकेका छैनन् उनीहरू दिनभरी ठूलठूला सेमिनार तथा गोष्ठीमा गएर भाषण छाट्छन् तर वेलका घर फर्किने क्रममा आफैले नै प्लाष्टिकका झोलामा दैनिक उपभोगिय कस्तुहरू किनेर घरमा ल्याउछन् । मानिस अन्य प्राणी भन्दा एउटा चेतनशिल तथा शभ्य प्राणी हो तर पनि मानिसहरू जानी–जानी प्लाष्टिकका पोलिथिन तथा झोलाहरूमा दैनिक उपभोगिय बस्तुहरूको सामान ओसारपसार गर्दछन् तर दाङलाई प्लाष्टिक मुक्त घोषणा गराउनु पर्दछ भन्ने विषयमा कसैलाई पनि चेतना आउन सकेको छैन् । हामीहरूले आ–आफ्नो वानीलाई जस्तो बनायो त्यस्तै बन्दछ । हामीहरूले प्लाष्टिक विना नै आफ्नो जीवन गुजारा पनि चलाउन सक्छांै ।
त्यसैले यसको नियन्त्रणका लागि विभिन्न विद्यालय, सार्वजनिक स्थलहरूमा पुगी जनचेतना मूलक नाट्क प्रस्तुत गराउनु पर्दछ । प्रत्येक विद्यालय हरूमा पुगी सम्पूर्ण विद्यार्थीहरूलाई संकलन गरी, सार्वजनिक स्थलमा मानिसहरू भेला गराई प्लाष्टिक सम्बन्धी विभिन्न प्रकारका जन चेतना मूलक प्रशिक्षण तथा नाट्कहरू प्रस्तुत संगै यस अभियानलाई अगाडि बढाउन सकियो भने मात्र दाङलाई प्लाष्टिक मुक्त घोषणा गर्न सकिन्छ नत्र भने यस्तै किसिमले अगाडि बढिरहने हो भने दाङको वातावरण दिनप्रतिदिन खराव बन्दै गइ दाङको अवस्था एकदिन कुरूप बन्न सक्दछ । शुन्दर नगरी दाङलाई विश्वको शून्दर नगर बनाउने दायित्व हामी सबैको हो । हामीहरूले साच्चिकै हाम्रो दाङलाई एक नमूनाकै दाङ तथा प्लाष्टिक मुक्त घोषणा नै बनाउने हो भने सम्पूर्ण राजनीति दलहरू, दुइ उपमहानगरपालिका, विभिन्न संघसंस्थाहरू, मानव अधिकारकर्मी, नागरिक समाज, सम्पूर्ण नगरवासिहरू एकजुट भएर लाग्न आवश्यक छ । त्यसैले आजैदेखि दुई उपमहानगरपालिकाहरूलाई प्लाष्टिक मुक्त नगर घोषणा गरी सभ्य नगर स्थापनाका लागि आम नगरवासिहरू एकजुट भएर लागि परांै ।