नेपालगञ्ज उपमहानगरपालिकाले नगरवासीकोहरूलाई सहज रूपले सेवासुविधा पाउन भन्ने उदेश्यका साथ निस्शुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । नागरिकको स्वास्थ्य प्रवर्द्धन सेवालाई प्राथमिकता दिएर स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापना गरेको उपमहानगरपालिकाले बिरामीका लागि निःशुल्क एम्बुलेन्स सेवा दिएपछि नेपालगञ्जका स्थानीयबासीहरूले सेवा पाउन सफल भएकाछन् । नेपालगञ्ज उपमहानगरपालिका अहिले सबैको सामु एक उदाहरणीय पात्र बनेको छ ।

यस्तै सेवा विभिन्न जिल्लाका उपमहानगरपालिका तथा गाउँपालिकाहरूले आ–आफ्नो क्षेत्रमा निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिदिएमा निम्न स्तर भएका स्थानीयबासीहरूले सहज रूपमा भनेको समयमा सेवा पाउने थिए । भनेको समयमा सहज रूपमा एम्बुलेन्स सेवा पाएमा सुत्केरी महिलाहरूदेखि लिएर सम्पूर्ण विरामीहरूलाई ठुलो राहत हुनेछ । त्यसैले विभिन्न जिल्लाका उपमहानगरपालिका तथा गाउँपालिकाहरूले नेपालगञ्ज उपमहानगरपालिकाले गरेझै आ–आफ्नो क्षेत्रका बिरामीहरूका लागि निःशुल्क रूपमा एम्बुलेन्स सेवा प्रदानका लागि चासोका साथ सक्रिय बन्न जरूरी छ ।

