स–साना बालबालिकाहरूलाई भिटामिन ए’ कात्तिक १७ र १८ गते खुवाइने

Byदोर्ण के.सी.

२१ आश्विन २०८०, आईतवार १३:४५ २१ आश्विन २०८०, आईतवार १३:४५ २१ आश्विन २०८०, आईतवार १३:४५

दाङ, १९ असोज ।
हरेक वर्ष सञ्चालन गरिदै आएको राष्ट्रिय भिटामिन ए कार्यक्रम यस वर्ष कात्तिक १७ र १८ गते सञ्चालन गरिने भएको छ । यसअघि नियमित रुपमा कात्तिक २ र ३ गते खुवाइँदै आएको कार्यक्रम यसपटक दशैं परेकाले कात्तिक १७ र १८ गते सञ्चालन गरिने भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भिटामिन ‘ए’ कार्यक्रम सफल बनाउनका लागि सातवटै प्रदेश

सरकार अन्तर्गतका सामाजिक विकास मन्त्रालय र स्थानीय तहलाई परिपत्र गरिसकेको छ । दोस्रो चरणमा भिटामिन ‘ए’ कार्यक्रम वैशाख महिनामा गर्ने गरिएको छ । भिटामिन ‘ए’ करिब २७ लाख बालबालिका र जुकाको औषधी करिब २४ लाख बालबालिकालाई खुवाइने शाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds