सल्यान २० असाेज
मौलिक लोक कला संस्कृति प्रदर्शन, रोटे पिङ, भलिवल खेल, स्थानिय उत्पादनको विक्रीवितरण, कुनै समस्या आइपरेमा प्राथमिक उपचार केन्द्र सहित एम्बुलेन्सको प्रवन्ध तथा वडा कार्यालयको उचित व्यवस्था सहित आज यस छत्रेश्वरी गाउँपालिका वडा नम्बर ५ लेखपोखरा गारिपारेमा ऐतिहासिक, पौराणिक मेला लागेको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री गुरु प्रसाद योगी, वडा नम्बर ५ का वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता श्री फौद बहादुर बस्नेत, वडा नम्बर १ का वडा अध्यक्ष श्री प्रकाश हमाल लगायतले मेलाको अवलोकन गरेका थिए ।



