सल्यानले असोज २० मा खुला कविता प्रतियोगिता गर्दै

Byदोर्ण के.सी.

१८ आश्विन २०८०, बिहीबार १८:३८ १८ आश्विन २०८०, बिहीबार १८:३८ १८ आश्विन २०८०, बिहीबार १८:३८

असोज १८,सल्यान


सल्यानमा खुला कविता प्रतियोगिता हुने भएको छ । आउँदो शनिबार सल्यान खलंगा स्थित होटेल सुलभमा खुला कविता प्रतियोगिता हुने भएको हो । प्रेस सेन्टर नेपाल, नेपाल राष्ट्रिय कर्मचारी महासंघ, नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती, र राष्ट्रिय प्रगतिशिल स्वास्थ्यकर्मी संगठन सल्यानको सयुक्त आयोजनामा सुशासन र सुचना प्रविधि विषयक खुला कविता प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा प्रथम, दितिय र तृतिय हुनेले क्रमश ५ हजार, ३ हजार र १ हजार पुरस्कार तथा प्रमाण पत्र पाउने नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती जिल्ला समिति सल्यानका अध्यक्ष जित बहादुर खड्काले जानकारी दिएकाछन् । प्रतियोगितामा सुशासन र सूचना प्रविधिको विषयमा जो कोहीले पनि भाग लिन सक्ने उनले बताएका थिए । प्रतियोगिता सहभागिता जनाउने श्रष्टाले असोज २० गते बिहान १० बजेसम्म नाम दर्ता गराउन सक्नु हुने उनले बताएका थिए । प्रतियोगितामा कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानन मन्त्री कृष्ण बहादुर जिसीको उपस्थिति हुने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds