टिका के.सी.
तुलसीपुर २३ असार,
सरकारले दशैंतिहारलाई लक्षित गरेर यही असोज २१ गतेदेखि सहुलियतको पसल संचालनमा ल्याउन थालेको छ । जिल्लामा एक सय कुन्टल सहुलियत मूल्यको खाद्य वितरणका लागि निर्यात भएको प्रमुख सुनारले जानकारी दिएकाछन् । यसवर्ष सहुलियत मूल्यमा खाद्य वितरण गर्नका लागि स्टीम जिरा मसिनो चामल मात्रै रहेको बताएका छन् । प्रतिकेजी ७ रुपैँया र प्रति कुन्टल ७ सय रुपैँया सहुलियतमा विक्रि गरिने उनले बताएका थिए । गत वर्षको तुलनामा यसवर्ष भने सहुलियतको खाद्यान्न दुई सय कुन्टल घटेर आएको छ । गत वर्ष दुई सय कुन्टल सहूलियतको खाद्यान्न आएकोमा ८० कुन्टल मात्रै खाद्यान्न विक्रि भएपछि यसवर्ष दोब्बरले घटेर आएको कार्यालय प्रमुख सुनारले बताएका थिए ।यसैबिच, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय तुलसीपुरले यस वर्ष दशैंतिहारका लागि एक हजार खसीबोका खरिद गर्ने भएको छ । गत वर्षको तुलनामा यसवर्ष तीन सय बढी खसीबोकाको माग भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख तिलक सुनारले जानकारी दिएका छन् । प्रमुख सुनारका अनुसार जिल्लाबाट यसवर्ष एक हजार खसीबोका खरिद गरेर पठाउने परिपत्र भएको छ । असोज २९ गतेदेखि विक्री वितरण थाल्ने भएकाले जिल्लाबाट असोज २९ गते पुग्ने गरी पठाउने बताएका थिए । तर खसीबोकाको मूल्य भने अझै निर्धारण भैनसकेको उनको बताएका थिए ।

दाङका सम्बन्धीत सरोकारवाला निकायहरूसँग बैठक बसेर मूल्य निर्धारण गरर्ने छौ अझै खसीबोका खरिद मूल्य निर्धारण गरेका छैनौं । सकेसम्म यही असोज २४ गतेभित्र मूल्य निर्धारण हुन्छ’(कार्यालयका प्रमुख सुनारले बताएका हुन् । जिल्लाबाट एक पटकमा दुई सयका दरले खरिद गरेर पठाउने कार्यालयको आन्तरिक तयारी रहेको पनि बताउँदै ‘केन्द्रबाट माग जति आउँछ, त्यति पठाउछौँ । निर्धारण भएको भन्दा बढी माग आएमा एक हजार भन्दा बढी पनि हुन सक्छ’–प्रमुख सुनारले बताएका थिए खसी बोका जिल्लाको तुलसीपुर उपमहानगरपालिकाका केही वडा, गढवा, राजपुर, दंगीशरण, बबई गाउँपालिका लगायतका स्थानबाट खरिद गर्ने गरेको पनि कार्यालय प्रमुख सुनारले बताएका हुन् ।


