थर्काेट समाचारदाता
सल्यान, २० असोज । सल्यानमा बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा मृत्यु भएकाको सनाखत हुन बाँकी छ । दाङ तुलसीपुरबाट सल्यानको छत्रेश्वरी गाउँपालिका झिम्पे जयचौर जाँदै गरेको ना ६ ख ५४६३ नम्बरको बस कपुरकोट गाउँपालिका -३ मुलपानी नजिकै दुर्घटनामा परेको हो ।दुर्घटनामा चालक सहित १४ जना गम्भीर घाइते भएको मुलपानी बनस्पती कार्यालयका प्रमुख मित्र पाठकले बताएकाछन् । उनका अनुसार २ जना महिलाको घटनास्थलमै मृत्यु भएको र उनीहरुको परिचय खुलेको छैन् । आफुहरु अहिले घाइतेहरुको उद्धार गरिहरकोले घटनाबा विवरण केहि समय पछि आउने उनले बताएका छन् । घटना स्थलमा प्रहरी चौकी कपुरकोटबाट प्रहरी पुगेर उद्धार गररिहेका छन् भने बसमा करिब १६ जना जति यात्रुहरु रहेको र केहि शकुसल रहेको कपुरकाेट प्रहरीले बताएको छ ।

