तुलसीपुर, १ पुस । तुलसीपुर उपमहानगरपालिकाले सामुदायिक विद्यालयमा परियोजना कार्यलाई व्यवहारमै कार्यान्वयनमा ल्याउन थालेको छ । पाठ्यक्रममा परियोजना कार्य समावेश गरेपनि विद्यार्थीहरुका लागि अंकभार प्रदान गर्नका लागि कागजमै सीमित भएको छ । तुलसीपुर उपमहानगरपालिकाले पहिलो चरणमा २४ वटा माध्यमिक विद्यालयमा परियोजना कार्यलाई व्यवहारमै कार्यान्वयनमा ल्याउन थालिएको छ । शिक्षा शाखाकाले परियोजना कार्यलाई व्यवहारमै उर्तानका लागि २४ वटा विद्यालयका परियोजना कार्य संयोजकहरुलाई प्रशिक्षण गरेको छ । शाखाले संयोजकहरुलाई समयावधि तोकेर कुन कुन क्षेत्र र विषयमा परियोजना तयार पार्नका लागि प्रतिबद्धता समेत गराएको छ । नगरप्रमुख टीकाराम खड्काले शिक्षाको व्यवहारिक पक्षलाई ध्यान दिदै परियोजना कार्यलाई विद्यार्थीमाझ अनिवार्य बनाउन थालिएको बताउनुभयो । उहाँले सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि भौतिक सुधारका साथै शैक्षिक सुधारका प्रयास थालनी गरिएको बताउनुभयो ।नगरप्रमुख खड्काले शिक्षकहरुमा योग्यता पर्याप्त भएपनि त्यसलाई व्यवहारमुखी बनाउनका लागि प्राविधिक पक्षको ज्ञानमा विशेष दख्खल राखेमात्रै विद्यार्थीलाई ज्ञान बाड्न सकिने बताउनुभयो । शिक्षा शाखाका प्रमुख चक्रबहादुर भण्डारीले उत्कृष्ट परियोजना कार्य तयार पार्ने विद्यालयलाई विशेष कार्यक्रम आयोजना गरेर सम्मान तथा पुरस्कृत गरिने बताउनुभयो । उहाँले परियोजना कार्यलाई विगतमा कागजमै मात्रै सीमित देखिएकाले त्यसलाई व्यवहारमै उतार्ने प्रयास थालिएको बताउनुभयो ।प्रशिक्षक दुर्गा पाण्डेले विद्यालयहरु आफ्नो मात्रै सुधार नभई छिमेकी विद्यालय सुधारमा लाग्नुपर्ने बताउनुभयो । उहाँले विश्वव्यापीकरणसँगै सबै सक्षम र ,योग्य बन्ने मार्गमा अघि बढ्नुपर्ने बताउनुभयो ।
शिक्षा शाखाद्वारा सामुदायिक विद्यालयमा परियोजना कार्यलाई तिब्रता
Byदोर्ण के.सी.
१ पुष २०८०, आईतवार १६:४१ १ पुष २०८०, आईतवार १६:४१ १ पुष २०८०, आईतवार १६:४१
By दोर्ण के.सी.
सम्बन्धित पोस्टहरू
अन्तर - संवाद
कुराकानी
तुलसीपुर उपमहानगरपालिका
मनाेरञ्जन
लुम्बिनी प्रदेश
शिक्षा
समाचार
स्थानीय समाचार
श्री माध्यामिक विद्यालय प्रतापकाेट आम्बासमा शैक्षिक सामाग्री बितरण हुने
८ भाद्र २०८३, सोमबार १६:०९ ८ भाद्र २०८३, सोमबार १६:०९ ८ भाद्र २०८३, सोमबार १६:०९
दोर्ण के.सी.
अमृतपुर खानेपानीद्वारा नवगठित पार्षद सदस्यहरूको परिचयात्मक कार्यक्रम सम्पन्न
७ भाद्र २०८३, आईतवार १६:४० ७ भाद्र २०८३, आईतवार १६:४० ७ भाद्र २०८३, आईतवार १६:४०
दोर्ण के.सी.
अन्तर - संवाद
कुराकानी
तुलसीपुर उपमहानगरपालिका
नेपाल पर्यटन
लुम्बिनी प्रदेश
वन र वातावरण
विश्व पर्यटन
शिक्षा
तुलसीपुरमा वन दिवस २०८३ सम्पन्न, युवा सहभागिता र दिगो वन व्यवस्थापनमा जोड
२६ श्रावण २०८३, मंगलवार १३:४८ २६ श्रावण २०८३, मंगलवार १३:४८ २६ श्रावण २०८३, मंगलवार १३:४८
दोर्ण के.सी.
