दोर्ण के.सी.
तुलसीपुर ३० म्ंसिर
लघुवित्तिय संस्था विरूद्वको संघर्ष समिति नेपालका केन्द्रिय उपाध्यक्ष गगन वि.कले संघर्ष समिति भनेको यस देशका आतंककारी, जाली, फटाहा, भष्ट्रचारी, गरिव जनताको रगत पसिना चुसाहालाई कारवाहीको दायरामा ल्याउनुका साथै, लघुवित्त वित्तिय संस्थाको खारेजीका साथसाथै सहकारी संस्थाहरू र बैंकका ऋणहरू मिनाहा तथा खारेजीका लागि अगाडि बढेकाले सम्पूर्ण पीडितहरू एकजुट हुन सबैमा आग्रह गर्नुभएको छ । उहाँले जबसम्म पीडित दिदीबहिनीहरूलाई हर्जना, जरिबाना, सेवा शूल्क लगायतका विभिन्न बाहना पारी आम गरिव जनताहरूसँग लिएको ३० वर्षको हिसाव किताब गर्दैन तबसम्म संघर्ष समितिको आन्दोलन नरोकिने समेत बताउनु भएको थियो । लघुवित्तिय संस्था विरूद्वको संघर्ष समितिनेपालले दाङको घोराहीमा आयोजना गरेको जिल्ला स्तरीय भेलालाई सम्बोधन गर्दै लघुवित्त वित्तिय संस्थाद्वारा ५८ लाख ऋणी दिदीबहिनीहरू मध्य ६० हजार एकदमै पीडित, ३३ लाख ऋण तिर्नै नसक्ने र १० लाख बढी दिदीबहिनीहरू करौडौको किस्ता हाल्ने पाईएको बताउनुभएको थियो । उहाँले भेलालाई सम्बोधन गर्दै सम्पूर्ण लघुवित्त वित्तिय संस्थाहरूले जबसम्म पीडित महिलाहरूको अधिकार पुरा गर्न सक्दैनन् तबसम्म संघर्ष समतिको आन्दोलन पनि नरोकिने बताउनुभएको हो ।

उहाँले सम्पूर्ण लघुवित्त वित्तिय संस्थाहरू खारेजसँगै ऋण मिनाहाको लागि सम्पूर्ण पीडित दिदीबहिनीहरू एकजुट भएर आन्दोलनमा लाग्न सबैमा आग्रह गर्नुभएको छ । उहाँले आफ्नो अधिकार सुनिष्चित गर्न हजुर–हजुर भनेर होईन आन्दोलन गर्दै कोसेर लिन भएकोले सम्पूर्ण पीडित महिलाहरू जस्तोसुकै आन्दोलनका लागि पनि सक्रियताका साथ लाग्न आग्रह गर्नुभएको छ ।लघुवित्तिय संस्था विरूद्वको संघर्ष समिति दाङका अध्यक्ष कृष्ण बहादुर सुनारको अध्यक्षता एंव लघुवित्तिय संस्था विरूद्वको संघर्ष समिति नेपालका केन्द्रीय उपाध्यक्ष गगन वि.कको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा लघुवित्तिय संस्था विरूद्वको संघर्ष समिति नेपालका केन्द्रीय सञ्चारका केन्द्रीय सदस्य तथा थर्कोट त्रैमासिक पत्रिकाका प्रकाशक दोर्ण बहादुर के.सी, लघुवित्तिय संस्था विरूद्वको संघर्ष समिति नेपालका दाङका विशेष टोलीका संयोजक दुर्गा वि.क., लघुवित्तिय संस्था विरूद्वको संघर्ष समिति नेपालका दाङका विशेष टोलीका सह–संयोजक गोविन्द लुहार, लघुवित्तिय संस्था विरूद्वको संघर्ष समिति नेपालका नगरपालिका अन्र्तगत गढवा गाउँपालिकाका अध्यक्ष प्रकाश नेपाली, लघुवित्तिय संस्था विरूद्वको संघर्ष समिति नेपालकी लुम्बिनी प्रदेश कोषाध्यक्ष माया चौधरी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । लघुवित्तिय संस्था विरूद्वको संघर्ष समिति नेपालकी दाङ जिल्ला सह–सचिव रमिता चौधरीको स्वागत मन्तव्यबाट शुरूभएको कार्यक्रमको सहजीकरण लघुवित्तिय संस्था विरूद्वको संघर्ष समिति नेपालका केन्द्रीय उपाध्यक्ष सिताराम यादवले गर्नुभएको थियो ।

