विकास निर्माणका लागि एकजुट बनौ

Byदोर्ण के.सी.

१७ आश्विन २०८०, बुधबार १७:५७ १७ आश्विन २०८०, बुधबार १७:५७ १७ आश्विन २०८०, बुधबार १७:५७

विकास निर्माण भनेको पूराना संरचनाहरूलाई अन्त्य गरी नयाँ संरचनाको निर्माण गर्नु हो । दुःख पीडैपीडामा जिवन गुजारा गरिरहेका ग्रामिण भेगका आम नागरिकलाई सेवादिइ सुखसंग जिवन विताउनका लागि सहज बनाउने माध्ययम हो । जसले नगरपालिका तथा गाविसमा रही हरेक विकास निर्माणबाट पछि परेका ग्रामिण भेगमा अवस्थित गाउँ, टोलका आम नागरिकहरूले टेवा पाई विकास नयाँ अनुहार परिवर्तन गर्ने अवसर पाएका हुन्छन् । यस देशका विभिन्न राजनीतक दलहरू, विभिन्न सम्बन्धीत निकायहरूले विभिन्न गोष्ठि तथा कार्यक्रमहरूमा विकास निर्माणको पहिलो प्रार्थमिकता ग्रामिण भेगलाई भनेर गफ छाड्ने गर्दछन् । तर ती शव्दहरू व्यवहारमा लागु नभइ कागजमा मात्र सिमित रहने गर्दछन् । यहाँका सम्बन्धीत सरोकारवाला निकायहरूले हरेक विकास निर्माणका कार्यहरूको पहिलो प्रार्थमिकता ग्रामिण भेगलाई भनेर वजेट निकासा गरेता पनि सो सेवा ग्रामिण भेगका गाउँ, टोलहरूमा नभएर शहरमा केन्द्रीत भएको हुन्छ । पछिल्लो समयमा आएर हरेक विकास निर्माणको सेवा ग्रामिण भेगमा बसोबास गर्ने मानिसहरूले पाउन सकेका छैनन् । तुलसीपुर उपमहानगरपालिका भित्र रहेर पनि विकास निर्माणबाट पछि परेका कयौं वडाहरू रहेका छन् त्यहाँ हालसम्म पनि भने अनुसारको विकास निर्माणले छुन सकेको छैनन् । अन्य छिमेकी गाउँहरूम सम्पूर्ण विकास निर्माणले टेवा पाएको देखी आफ्नो गाउँलाइ पनि सो सरह बनाउने उद्देश्यले ग्रामिण भेगका मानिसहरू सामाजिक विकास निर्माणका कार्यमा निरन्तर रूपमा लागेता पनि सम्बन्धीत निकायले पहल नगरेकै कारण सो क्षेत्रका स्थानीयबासीहरू सम्पूर्ण विकास निर्माणका कार्यहरू बाट पछि परेका छन् । यसरी विकास निर्माणबाट पछि परेका क्षेत्रहरू थुर्पै रहेका छन् । जसमध्य तुलसीपुर उपमहानगरपालिका वडा नं.–०३ का असोरकोट, ठूलासम्मा, ठाँटीगाउँ, कालमारे, बाह्रमौंजा उपल्लो गहते तथा जोगीडाँडा लगायतका विभिन्न गाउँहरू रहेकाछन् ।

सो क्षेत्रहरूमा नत यातायातको उचित सुविधा छ नत स्वच्छ पिउनेपानी, शिक्षा सवास्थ्य लगाएतका सेवाहरू हालसम्म पनि पुग्न सकेका छैनन् । यातायातको सुविधा नभएकै कारण ती क्षेत्रका स्थानीयबासी आउँदा जाँदा दैनिक १० किलोमिटर पैदलयात्रा हिंडी आफ्ना दैनिक उपभोगिय बस्तुहरू निर्यातका लागि दाङको तुलसीपुरमा आउने गर्दछन् भने आफुहरूद्वारा उत्पादित दैनिक उपभोगिय बस्तुहरू  बजारसम्म पु¥याउने कुनै माध्ययम नभएकै कारण घरमै सडेर जाने गरेको पाइएको छ । स्वच्छ पिउने पानीको उचित व्यवस्था नभएकै कारण विभिन्न प्रकारका रोगहरूले ग्रसित हुन पुगेकाछन् । आफ्नो क्षेत्रमा स्वास्थ्य क्लिनिक नभएकै कारण मृत्युलाई हत्केलामा च्यापेर रोगसंग लड्दै बस्नु परेको स्थानीयबासीहरूले दुःखेसो पोखेका छन् । त्यस्तै गरी गाउँमा विद्यालय नभएकै कारण सो क्षेत्रका स्थानीयबासीहरू उच्च शिक्षाको अध्ययनका लागि देनिक २ घण्टाको लामो  पैदल यात्रा गरि आउनु पर्ने तर वर्षायाममा खोलानाला बढ्ने भएकोले स–साना बालबालिकाहरू घरमै बसेर धूलोमाटोमा खेल्न बाध्य भएकाछन् । यी त यस सम्पादकीयका लागि पात्र मात्र हुन यस्ता पीडैपीडामा दुःख पाएका विभिन्न                     उपमहानगरपालिकाका नामले चिनिने सयौं ग्रमिण भेगहरू रहेका छन् । अफैपनि ती क्षेत्रहरूमा कुनैपनि विकास निर्माणले छुन सकेको छैन् । ती क्षेत्रका मानिसहरू विजुली वत्तीको नाममा सल्लाको झर्को, ममवत्ती, टुकी, टुकीमारा बालेर रात गुर्जानु परेको छ भने शिक्षाको नाममा दाउँरा, घाँस गरेर दिन विताउनु परेको छ  ।


                                  यता तुलसीपुर उपमहानगरपालिका ३ जोगीडाँडामा सो क्षेत्रको खोल्सोलाई मध्यनजर गरि ह्यामपाइप हालेता पनि ढल निकासको व्यवस्था नभएकै कारण विकास पनि विनासमा परिणत भएको छ तर यस्ता ग्रामिण भेगहरूमा कसैको पनि ध्यान केन्द्रीत हुन सकेको छैन् । यस देशका नेता तथा सम्बन्धीत निकायहरू सबै वजार केन्द्रीत भएका छन् । यसरी पीडैपीडामा दुःखदायी तरिकाले जिवन गुजारिरहेका सम्पूर्ण ग्रामिण भेगमा सम्बन्धित सरोकारवाला निकाय, जनप्रतिनिधीहरू, विभिन्न एन.जि.ओ., आइ. एन. जि.ओ., विभिन्न राजनीतिक दलहरू एकजुट, आम नागरिक, उद्योगपती, वुद्वीजीविहरू एकजुट भइ विकास निर्माणको पहलका लागि एकजुट हुन अत्यन्त आवश्यक छ । यसरी ती क्षेत्रहरूमा समयमै विकास निर्माणमा पहल गरिदिएमा सो क्षेत्रले नयाँ अनुहार परिवर्तन गर्नुका साथै स्थानिय बासीहरूको समेत जीवन स्थर माथि आफुमै आत्मनिर्भर बन्थे कि ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds