रेबिज विरुद्धको खोपलाई सर्बसुलभ बनाऔ

Byदोर्ण के.सी.

११ आश्विन २०८०, बिहीबार १५:०३ ११ आश्विन २०८०, बिहीबार १५:०३ ११ आश्विन २०८०, बिहीबार १५:०३

तुलसीपुर, ११ असोज । आज विश्व रेबिज विरुद्धको दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइएको छ । रेबिज रोकथाम र यस रोग विरुद्धमा भइरहेको प्रगतिको जागरुकता जगाउनका लागि हरेक वर्ष सेप्टेम्बर २८ लाई विश्व रेबिज विरुद्धको दिवसका रुपमा मनाउदै आइएको छ । लुइस पाश्चरको मृत्युको वार्षिकोत्सवका रुपमा सेप्टेम्बर २८ लाई रेबिज विरुद्धको दिवसका रुपमा मनाउन थालिएको हो । फ्रान्सेली वैज्ञानिक लुइसले रेबिजविरुद्धको पहिलो खोपको विकास गरेका हुन् । यसरी वर्षेनी रेबिज विरुद्धको दिवस मनाइरहदा खेरी आम नागरिकलाई भने यसबारे जानकारी नभएको पाइएको छ । रेबिज रोग यस्तो रोग हो जुन भनेको समयमा विरामीहरूले औषधी नपाएमा मानिसहरूको ज्यान पनि जाने गर्दछ । कुकुर, बिरालो, स्याल लगायतका जनावरहरूले टोक्दा, चितोरदा हामीहरूले हेलसारी गर्नुहुँदैन् । हामीले टोक्दा वित्तिकै रेबिज विरुद्धको खोपका लागि अस्पतालहरूमा समन्वय गर्नुपर्दछ तर बिरामीहरूले रेबिज विरुद्धको खोप समेत नागरिकले समयमा पाउन नसकेको गुनासो गरेका छन् । दाङको तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पतालमा दैनिक जसो कुकुरले टोकका विरामीहरु बढ्दै गएका छन् । तर, अस्पतालमा कुनै समय विरामीले खोप पाउछन् भने कुनै बेला विरामी खोप नपाएर फर्केर जान्छन त केहीले किनेरै भएपनी खोप लगाउनु पर्ने बाध्यता रहेको छ । यसको उदाहरण हुनुहुन्छ तुलसीपुर ३ दमारगाउँका विसालल विश्वकर्मा । उनको छोरालाई केही दिन अगाडी मात्रै कुकुरले टोकेको थियो । उनले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लगेर छोरालाई पहिलो खोप लगायका थिए । त्यसपछी दोस्रो मात्राको खोप पनी लगाइसक्ेका थिए तर उनलाई अस्पतालले अन्तिम खोप लगाउनका लागि ११ गते बिहिबारका दिन बोलाएको थियो । उनी बिहिबार अस्पताल पुगेका थिए तर, अस्पतालले रेबिज विरुद्धको खोप सकिएको भन्दै बाहिरबाट किनेर लगाउन भनेको उनले बताउएकाछन् ।

नेपाल सरकारले रेविज विरुद्धको खोप निसुल्क रुपमा उपलब्ध गराउदै आएको छ । तर, त्यही खोप केही दिन अघि निसुल्क लगाएको भएपनी अहिले किनेर लगाउन भनकाले दुःख लागेको उनको भनाई रहेको छ । सरकारले रेबिज विरुद्धको खोप निसुल्क प्रदान गरेको बताएपनी गरिब दुखी जनताले भने आवश्यक परेको समयमा यसबाट लाभ लिन सकिरहेका छैनन् । पहिले अस्पतालले बिहिबार बोलाएकाले त्यही अनुसार आउदाखेरी पनी खोप नपाएको भन्दै उहाले गुनासो समेत गरेकाछन् । राप्ती प्रादेशिक अस्पतालका एआरभी शाखाकी अहेब मिना वलीले भने खोप लगाउदै गर्दा भर्खरै सकिएको बताएकीछिन् । दैनिक रुपमा धेरैको संख्यामा विरामीहरु रेविज विरुद्धको खोप लगाउन आउने गरेको उनले बताउँदै कुकुर लगाएतका जनावरले टोकेको अवस्थामा विरामीलाई तिन पटक सम्म खोप लगाउनुपर्ने उनको भनाई छ । प्रादेशिक अस्पतालमा जहिले पनी रेबिज विरुद्धको खोप अभाव नै हुने गरेको छ । अस्पतालमा मासिक ३,४ सय भाइल खोप आवश्यक पर्ने गरेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर पदमराज अधिकारीले बताएकाछन्। अस्पतालले आवश्यक मात्रामा खोपको माग गरेपनी बुटवलबाट खोप कम पठाउदा समस्या हुने गरेको उहाको भनाई छ । मेडिकल सुपरिटेन्डेन्ट अधिकारीले खोप नसकिदा सम्म मागको लागि सिफारिस गर्न नमिल्ने र एक पटक आएको खोप एक हप्तामै सकिने गरेको बताएका थिए। एकपटक प्राप्त भएको खोप पुर्णरुपमा विरामीलाई लगाई सकेर त्यसको तत्थ्याङ्क पठाएपछी बुटवलबाट थप खोप आउने गरेको उहाको भनाई छ । खोप ल्याउन पठाई सकेको भन्दै अबको केही दिन अर्थात आइतबार भित्र खोप आइसक्ने उनको दाबी छ । प्रादेशिक अस्पतालमा आर्थिक वर्ष २०७७÷०७८ देखी चालु आर्थीक वर्ष २०८०÷०८१ को हालसम्म ५ हजार ६ सय ३८ जनाले रेबिज विरुद्धको खोप लगाएको अस्पतालका सूचना अधिकारी भुषण सुवेदीले जानकारी दिनुभएको छ । जसअन्र्तगत आर्थीक वर्ष २०७७र०७८ मा कुकुरले टोकेका मात्रै १२ सय २८ जना विरामीले खो लगाएका छन भने अन्य जनावरले टोकेका ३ सय २८ जनाले खोप लगाएका छन् । यस्तै आर्थिक वर्ष २०७८÷०७९ मा कुकुरले टोकेका मात्रै १७ सय ६७ जनाले खोप लगाएका छन भने अन्य जनावरले टोकेका ३ सय ५७ जनाले खोप लगाएको सूचना अधिकारी सुवेदीलेबताएका थिए । त्यसैगरी आर्थिक वर्ष २०७९र०८० मा कुकुरले टोकेका मात्रै १३ सय ६२ जानले खोप लगाएका छन भने अन्य जनावरले टोकेका ३ सय २६ जनाले खोप लगाएका छन् । चालु आर्थिक वर्षको असोज ९ गते सम्म २ सय ९८ जना कुकुरले टोकेका र २८ जना अन्य जनावरले टोकेका गरी जम्मा ३ सय २६ जनाले रेबिज विरुद्धको खोप लगाएका छन् । रेबिज रोग छाडा कुकुर, स्याल, चमेरो, न्याउरी मुसो, बाघ, चितुवा र बिरालोजस्ता सङ्क्रमित जनावरको टोकाइबाट सर्ने गर्दछ । कुकुरलगाएत जङ्गली जनावर वा घरपालुवा जनावरलाई छुँदा सावधानी अपनाउनु पर्ने हुन्छ भने रेबिजबाट बच्नको लागि सम्भावित जोखिम पछि तुरुन्तै खोप लगाउनु पर्ने हुन्छ ।रेविज बिरूद्वको खोप एकदमै अत्यावश्यक भएकोले अस्पतालले स्टकमा राख्नुपर्ने सेवाग्राहीहरूले सुझाव दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds