थर्कोट समाचारदाता
दाङ १८ मंसिर
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका प्रवक्ता धर्मेन्द्र बास्तोला “कंचनले“ राष्ट्रघाती एमसीसी सम्झौता कुनैपनि हालतमा लागु हुन नदिने उद्घघोष गरेकाछन् । केन्द्रीय कार्यालय सदस्य समेत रहेका प्रवक्ता बास्तोलाले एमसीसी बिरुद्ध दोस्रो चरणको जनप्रतिरोध संघर्ष अगाडि बढाउने घोषणा घोषणा गर्दै राष्ट्रघाती एमसीसी बिरुद्ध जनप्रतिरोध संघर्षका लागि सम्पूर्ण नेता तथा कार्यकर्ताहरू एकजुट हुन सबैलाई आग्रह गरेका थिए । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल पाँच नम्बर प्रदेश संगठन समितिले दाङको घोराहीमा आयोेजना गरेको राष्ट्रघाती एमसीसी सम्झौता खारेजीको आवश्यकता विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका प्रवक्ता बास्तोला “कंचनले“ सो कुरामा जोड दिएका हुन् । पार्टीका प्रदेश सह–संयोजक निरजकुमार केसी अध्यक्षता एंव क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका प्रवक्ता धर्मेन्द्र बास्तोला “कंन्चनको “ प्रमुख आतिथ्यतामा सम्पन्न सो अन्तरक्रिया कार्यक्रममा पार्टीका प्रदेश ईन्चार्ज प्रेम सुवेदी, बुद्धिजिवी रामप्रसाद जैसी, जनप्रतिरोध अभियानका प्रतिनिधि प्रमोद धिताल , नेकपा दाङका सचीव जनक सी, राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्य, माओवादी केन्द्र दाङ सचिव विश्वराज आचार्य , नेकपा ( मशाल) का केन्द्रीय सदस्य शशिधर भण्डारी लगायतका बोल्ने बक्ताहरुले एमसीसी खारेजीको आन्दोलनमा ऐक्यबद्धता जनाएका थिए । पार्टीका केन्द्रीय सदस्य विरेन्द्र शाहको स्वागत मन्तव्य रहरेको थियो भने कार्यक्रमको सहजीकरण पार्टीका केन्द्रीय सदस्य नारायण भण्डारीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds