तुलसीपुर, १८ मंसिर । दाङको दंगीशरण गाउँपालिका १ को बाँकीबेटारपुरमा योग जागरण कार्यक्रम हुने भएको छ । पतञ्जली योग समिति दंगीशरणको आयोजना तथा दंगीशरण गाउँपालिकाको आर्थीक सहयोगमा यही मंसिर २३ गते योग जागरण कार्यक्रम हुन लागेको दंगीशरण, शान्तिनगर र बबईका मिडिया प्रभारी (प्रचार प्रसार विभाग प्रमुख) यम बहादुर खत्रीले जानकारी दिनुभएको छ । उहाका अनुसार दंगीशरण १ को बाँकीबेटारपुरमा रहेको योग भवनमा आगामी शनिबार बिहान ११ बजेदेखी उक्त कार्यक्रम सुरु हुने भएको छ । सो कार्यक्रममा विभिन्न साधना केन्द्रहरुबाट योग सम्बन्धि चेतनामुलक गित, कबिता, नृत्य आदी प्रस्तुत गरिने भएको छ । कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, पश्चिम क्षेत्रका तिन वटै पालिकाका प्रतिनिधि, योग शिक्षक, विद्यार्थी लगाएत सम्पुर्णमा उपस्थितीका लागी अनुरोध गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds