मिर्गौला किन फेल हुन्छ ? यस्ता छन् मिर्गौला फेल हुने कारणहरू

Byदोर्ण के.सी.

१० आश्विन २०८०, बुधबार १७:५९ १० आश्विन २०८०, बुधबार १७:५९ १० आश्विन २०८०, बुधबार १७:५९

दाङ,
दाङ असोज
संसारमा मिर्गौला फेल हुने एक नम्बर कारण मधुमेह नै हो । ५० प्रतिशत मिर्गौला मधुमेहले बिगार्छ। टाइप वान मधुमेह भएको बिरामीमा १५–२० वर्षपछि मिर्गौलाको समस्या देखा पर्नसक्छ। तर, टाइप टु मधुमेह भएको सुरुकै अवस्थामा मिर्गौलामा असर गरिसकेको हुनसक्छ। सामान्य रूपमा हेर्ने हो भने मधुमेह लागेको १०–१५ वर्षमै धेरै बिरामीमा मिर्गौलामा असर देखिएको छ। टाइप टु मधुमेह भएका कम्तीमा ४० प्रतिशतसम्म बिरामीलाई डायबेटिक नेफ्रोप्याथी मधुमेहका कारण हुने मिर्गौला रोग० हुने खतरा रहन्छ। सामान्य मानिसमा मधुमेह मात्र छ तर एक्कासी रक्तचाप उच्च भयो भने मिर्गौलालाई असर गरेको हुनसक्छ।
पिसाबमा माइक्रोअल्बुमिन भन्ने प्रोटिन सुरुको अवस्थामा सानो मात्रामा जाने हुन्छ। २४ घन्टामा ३० मिलिग्रामसम्म अल्बुमिन पिसाबमा गयो भने डायबिटिक नेफ्रोप्याथीको पहिलो लक्षण हो। जब यो प्रोटिन युरियाको स्टेजमा पुग्छ, त्यसपछि बल्ल बिरामीको हातखुट्टा सुन्निएर आउने प्रमुख लक्षण देखिन्छ। सुन्निँदै गएपछि बिस्तारै मिर्गौला फेल भएको लक्षण देखा पर्छन्। सुरुकै अवस्थामा धेरै नै नोक्सान भइसकेको हुन्छ। त्यसैले बिरामीमा लक्षणभन्दा पनि पहिला नै चिकित्सकले जटिलताको कारण खोजी गर्नुपर्ने हुन्छ। मधुमेहको नियमित परीक्षणमा पिसाबको विशेष जाँच गर्नुपर्छ। यस्ता जाँच कम्तीमा ६ महिनामा एकपटक गर्नुपर्ने हुन्छ। मधुमेहका रोगीले मिर्गौला रोगबाट बच्न विशेष ध्यान दिनुपर्छ। जस्तै मधुमेह नियन्त्रणका लागि आफ्नो आहारव्यहार व्यवस्थित गर्नुपर्छ, व्यायाम गर्नुपछ। तौल, उच्च रक्तचाप, कोलेस्टेरोल र सुगरलाई नियन्त्रणमा राख्नु पर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds