थर्कोट समाचारदाता
काठमाण्डौ, १४ असोज । लामो समयदेखि आन्दोलनमा रहेका डाक्टर र स्वास्थ्यकर्मीद्वारा आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएकाछन् सरकार र आन्दोलनरत चिकित्सकहरू बिच ६ बुँदे सहमती कार्यान्वयन गर्ने सहमती भएपछि उनीहरूले आन्दोलन फिर्ता लिएका हुन्् । हिजो शनिवार दुबै पक्ष बिच गृह मन्त्रालयमा ६ बुँदे सहमती भएपछि डाक्टर र स्वास्थ्यकर्मीले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका हुन् । स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल सङ्घर्ष समितिका संयोजक डा. शेषराज घिमिरेले स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल सङ्घर्ष समितिको तर्फबाट सञ्चालन गरेका आन्दोलनका कार्यक्रमहरु हिजोदेखि अन्त्य गरी नियमीत काममा फर्कने सहमती भएको बताएकाछन् ।

सहमती पत्रमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन २०७९) लाई प्रभावकारी रुपमा कार्यान्वयन गरी मणिपाल मेडिकल कलेज लगायतका स्वास्थ्य संस्थाहरुमा चिकित्सक तथा स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षालाई थप भरपर्दो बनाउने उल्लेख रहेको छ । त्यसका लागि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा समन्वय समितिलाई समेत क्रियाशील बनाइने सहमत ीभएको छ । स्वास्थ्यकर्मीहरु माथि बारम्बार भइरहेका कुटपिट र दुर्व्यवहारका घटनाको कारक तत्त्व पहिचान एवम् निराकरण गर्न आवश्यक पर्ने नीतिगत र कानुनी सुधारका विषयहरु समेटी प्रतिवेदन पेस गर्ने विषयमा सहमती भएको बताएका थिए । उनले त्यसका लागि दश दिनभित्र उच्चस्तरीय कार्यदल गठन गरी तीन महिनाभित्र प्रतिवेदन पेस गर्ने गरी जिम्मेवारी दिने सहमती भएको बताएका थिए ।

