बझाङमा फेरी गयाे  ५ दशमलव ३ रेक्टर स्केलको गयाे भूकम्प

Byदोर्ण के.सी.

२० आश्विन २०८०, शनिबार ०९:१२ २० आश्विन २०८०, शनिबार ०९:१२ २० आश्विन २०८०, शनिबार ०९:१२

बझाङ, २० असोज ।  बझाङमा शनिबार फेरि भूकम्प गएको छ । शनिबार  बिहान ११ बजेर ४५ मिनेटमा बझाङको भातेखोला केन्द्रबिन्दु बनाएर ५ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । यस्तै, १२ बजेर ३२ मिनेटमा पनि चार दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको छ । शनिबारकाे भूकम्पका कारण घरको पाली भत्किएर मष्टा गाउँपालिका ४ का ८६ वर्षका सुको फराडा घाइते हुनुभएको छ ।बझाङ केन्द्रबिन्दु भएर गएको मङ्गलवार पछि चार रेक्टरस्केलभन्दा माथिका १५ वटा भूकम्प गएका छन् । कयौँ पटक परकम्प गएका स्थानीयले बताएका छन् । भूकम्पमा परि एक जनाको ज्यान गएको छ भने केही घाइते भएका छन् । जिल्लाका व्यक्तिगत घर र सार्वजनिक भवनहरूमा क्षति पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds