राम बहादुर के.सी.
तुलसीपुर, १७ कार्तिक ।
दाङको दंगीशरणमा पहिलो पटक कृषी हाटबजार लाग्ने भएको छ । हाम्रो राजापुर बहुउद्येश्यीय सहकारी संस्थाको आयोजना तथा दंगीशरण गाउँपालिका २ नम्बर वडा कार्यालय, दंगीशरण गाउँपालिका कृषी विकास शाखा र ग्रिन फाउन्डेसन नेपालको समन्वयमा दंगीशरण २ को कलमखोलामा कृषी हाटबजार लाग्ने भएको हो । उक्त स्थानमा पहिलो पटक यही कात्तिक २५ गते बिहान ७ बजेदेखी सञ्चालन हुन गइरहेको कृषी हाटबजारबाट किसानलाई सहयोग पुग्ने अपेक्षा लिइएको आयोजक हाम्रो राजापुर बहुउद्येश्यीय सहकारी संस्थाका उपाध्यक्ष सिएम विश्वकर्माले जानकारी दिएकाछन् ।हाटबजारमा के कस्ता सामाग्रीहरु राख्ने भन्ने बारेमा छलफल भइरहेको भन्दै उनले दंगीशरण गाउँपालिका भरी नै उत्पादन भएका खसि, बोका, कुखुरा, खाद्यान्न सामाग्री, तरकारी, फलफुल, ढकिया, दुनाटपरी लगाएतका बस्तुहरु हाटबजारमा उपलब्ध हुने बताएका थिए ।

उक्त बस्तुको मुल्य भने अझै निर्धारण नगरिएको भन्दै बजार मुल्य बझेर त्यही अनुसार निर्णय गर्ने उनको भनाई छ । पहिलो पटक यही कात्तिक २५ गते परिक्षण गर्ने र सम्भावना देखिएको अवस्थामा प्रत्यक हप्ता हाटबजार लगाउने उद्येश्य रहेको उनले बताएका थिए। हाटबजारमा विक्रि नभएका सामाग्री ग्रिन फाउन्डेसन नेपालको सम्वनयमा बजारीकरणको व्यवस्था गरिने उनले बताएका थिए । त्यसकारणले गर्दा आफुले उत्पादन गरेको सम्पुर्ण सामाग्रीहरु हाटबजारमा ल्याउनका लागि सम्पुर्ण दंगीशरणबासी उनले आग्रह समेत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds