टिका के.सी.
तुलसीपुर, १७ कात्तिक ।
प्रथम लुम्बिनी प्रदेश स्तरिय तेक्वान्दो प्रतियोगिता दाङको तुलसीपुरमा सुरु भएको छ । शनिबार सम्म सञ्चालन हुने तेक्वान्दो प्रतियोगिताको आज लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले उत्घाटन गरेका हुन् । प्रतियोगिताको उत्घाटन गर्दै मुख्यमन्त्री चौधरीले खेल क्षेत्रले खेलाडीलाई स्वस्थ राख्नुका साथै नेपालीलाई विश्वमा चिनाउन ठुलो मद्धत गरेको बताएका थिए। आफु पनि पुरानो तेक्वान्दो खेलाडी रहेको भन्दै मुख्यमन्त्री चौधरीले तेक्वान्दो खेललाई व्यवस्थित गर्न सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रमको प्रमुख अथिति समेत रहनुभएका मुख्यमन्त्री चौधरीले तुलसीपुरलाई तेक्वान्दो हब बनाउने बताउदै यसका लागी सबैको सहयोग र सहकार्य आवश्यक रहेको बताएका थिए । प्रतियोगितामा सहभागी खेलाडीलाई बधाई दिदै मुख्यमन्त्री चौधरीले यो खेल यतीकै सिमित हुन नहुने बताएका थिए।

तेक्वान्दो खेलाडीले दाङ जिल्ला, लुम्बिनी प्रदेश हुदै नेपाललाई विश्वमा चिनाउने विस्वास व्यक्त गर्दै खेलाडीको भविष्य खेलबाटै उज्वल हुनुपर्ने भन्दै उनले त्यसै अनुसार लाग्न खेलाडीहरुलाई आग्रह समेत गरेका थिए ।सो अवसरमा बोल्दै तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले तेक्वान्दो खेलले आत्मरक्षाका लागि पनि महत्वपुर्ण भुमिका राख्ने बताएका थिए । पछिल्लो समय बलात्कार तथा हिंसाका घटना बढ्दै गएकाले पनि यसबाट बच्नको लागि तेक्वान्दो खेल महत्वपुर्ण उनले हुने बताएका हुन् । तेक्वान्दो खेलाडीले सजिलै प्रतिरक्षा गर्न सक्ने उनको बताएका थिए । प्रतियोगितामा लुम्बिनी प्रदेशका विभिन्न जिल्ला सँगै कर्णाली प्रदेशको सल्यानबाट समेत खेलाडीहरु सहभागी भएको संयोजक मोहन सुनारले जानकारी दिएका थिए । १२ वर्षदेखी २१ वर्ष उमेर समुहका खेलाडीहरुलाई सहभागी गराइएको उनले बताएका थिए । नेपाल तेक्वान्दो संघ लुम्बिनी प्रदेशका अध्यक्ष बिमल रिजालको अध्यक्षतामा भएको कार्यक्रमको सशजिकरण पत्रकार सरद रेग्मीले गरेका थिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds