तीजको अवसरमा लुम्बिनी प्रदेशमा सार्वजनिक विदा

Byदोर्ण के.सी.

३० भाद्र २०८०, शनिबार ००:५६ ३० भाद्र २०८०, शनिबार ००:५६ ३० भाद्र २०८०, शनिबार ००:५६

दाङ,२९ भदौ । तीजको अवसरमा लुम्बिनी प्रदेशमा सार्वजनिक विदा दिईएको छ । असोज १ गते परेको हरितालिका तीजको अवसरमा प्रदेशभरि सार्वजनिक विदा दिइएको हो । अधिकृत माधव शर्माले सूचना जारी गरि यस्तो जानकारी दिनुभयो । संघीय सरकारले तीजको अवसरमा महिलालाई मात्रै विदा दिएको अबस्थामा प्रदेशले सार्वजनिक विदा नै दिएको हो ।

त्यस्तै लुम्बिनी प्रदेश सरकारले थारु समुदायको बड्का अट्वारीको अवसरमा दाङसहित बाँके र बर्दियामा सार्वजनिक विदा दिने भएको छ । भदौ ३१ गते पर्ने अट्वारीको दिन विदा दिने निणर्य गरेको हो । थारु समुदायले अट्वारीलाई विशेष पर्वका रुपमा मनाउने गरेका छन् । थारु बाहुल्य भएका यी तीन जिल्लामा प्रदेश सरकारले उक्त विदा दिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds