थर्काेट समाचारदाता दाङ २९-भदौ/
दाङको तुलसीपुर उपमहानगरपालिकाले अट्वारी पर्वको अवसरमा आइतबार सार्वजनिक बिदा दिने भएको छ । उपमहानगरले थारु समुदायको बड्का अट्वारीको अवसरमा तुलसीपुर उपमहानगरपालिका र मातहतका कार्यालयहरुमा सार्वजनिक बिदा दिने भएको हो । भदौ ३१ गते पर्ने थारु समुदायको बड्का अट्वारीका दिन सार्वजनिक विदा दिने निर्णय गरेको तुलसीपुर उपमहानगरपालीकाले एक विज्ञप्ति जारी गरि जानकारी दिएको छ । थारु समुदायले अट्वारी पर्वलाई विशेष पर्वका रुपमा मनाउने गरेका छन् । भदौ २९ गतेको निर्णय अनुसार विदा दिएको प्रमुख प्रशासकिय अधिकृत रामबहादुर केसीद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।यसैबिच, घोराही उपमहानगरपालिका र लमही उपमहानगरपालिकाले पनि अट्वारी पर्वको अवसरमा सार्वजनिक बिदा दिने भएको छ ।
