चार किलो चरेस सहित पक्राउ परेका बोहरा डडेल्धुरामा सार्वजनिक

Byदोर्ण के.सी.

३० भाद्र २०८०, शनिबार ०३:२० ३० भाद्र २०८०, शनिबार ०३:२० ३० भाद्र २०८०, शनिबार ०३:२०

डडेल्धुरा प्रहरीले चरेस सहित पक्राउ गरेका एक जना व्यक्तिलाई सार्वजनिक गरेको छ।शुक्रबार जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा पत्रकार सम्मेलन गर्दै प्रहरीले चरेस सहित पक्राउ परेका िित व्यक्तिलाई सार्वजनिक गरेको हो । यसरी पक्राउ पर्नेमा बझाङको बुंगल नगरपालिका–११ कोमलपुरका ३५ वर्षीय धनबहादुर बोहरा रहेका छन् उनलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको हो।

प्रहरीका अनुसारअमरगढी नगरपालिका–८ रातो गुँरास रिसोर्ट नजिक सडक खण्डमा हिँडिरहेको अवस्थामा बोहरालाई चेकजाँच गर्दा लुकाइ छिपाइ लैजादै गरेको अवस्थामा पक्राउ गरेको डडेल्धुराका प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीले जानकारी दिएकाहुन्।
बोहराको साथबाट ३ किलो ८०४ ग्राम चरेस सहित एक थान मोबाइल, २३ हजार ५ सय ३० नेपाली रुपैयाँ समेत फेला परेको डीएसपी कार्कीले पत्रकार सम्मेलन गर्दै जानकारी दिएका हुन्। उनकाअनुसार ५ दिन म्याद थप गरेर उनीबारे थप अनुसन्धान भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds