कपुरकोट जागरण अभियान अन्तर्गत तीज विशेष कार्यक्रम कपुरकोट गाउँपालिका वडा न ३ ले एक कार्यक्रमको आयोजना गरि गाउँपालिकाको कार्यालयमा शुक्रबार तिज विशेष कार्यक्रम सम्पन्न गरेको छ । वडाले तिज विशेषको अबसर पारी आमा समुहहरु बिचको नृत्य प्रतियोगिता, एकल नृत्य प्रतियोगिता र घैंटो फोड प्रतियोगिता सहितका खेलकुद र दर खाने कार्यक्रम समेत आयोजनाका बिच कार्यक्रम सम्पन्न गरेको थियो । कपुरकोट गाउँपालिका वडा न ३ का वडाध्यक्ष प्रदिप खडकाज्युको अध्यक्षता एंव गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर पुनको प्रमुख आतिथ्यता तथा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत कुमार वलीको बिशिष्ट आतिथ्यतामा तिज विशेष कार्यक्रम सम्पन्न भएको थियो ।

सो कार्यक्रममा वडा न ३ का सबै जनप्रतिनिधिहरु गाउँपालिकाका कर्मचारीहरु, राजनितिकर्मी, समाजसेवि, शिक्षक, बिध्यार्थि, कलाकार र सयौंको संख्यामा आमाबुवा दिदिबहिनिहरुको उपस्थिती रहेको थियो । उक्त कार्यक्रममा विभिन्न खेलकुदहरुमा विभिन्न स्थान हासिल गर्नुहुने बिजेताहरुलाई नगद पुरस्कार सहित प्रमाणपत्र तथा निर्णायक मण्डल र अन्य सहयोगि महानुभावहरुलाई प्रशंसापत्र सहित सम्मान गरिएको थियो । कपुरकोट जागरण अभियान अन्तर्गत तीज विशेष कार्यक्रम
कपुरकोट गाउँपालिका वडा न ५ को कार्यालयमा पनि आमा समुहहरु बिचको नृत्य प्रतियोगिता, महिला कुर्सी दौड प्रतियोगिता र घैंटो फोड प्रतियोगिता सहितका खेलकुद र दर खाने कार्यक्रम सहित तिज मिलन कार्यक्रम सम्पन्न भएको छ । कपुरकोट गाउँपालिका वडा न ५ का वडाध्यक्ष वडाध्यक्ष होम बहादुर खडकाको अध्यक्षता एंव गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारी प्रमुख आतिथ्यता तथा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भरत कुमार वली विशिष्ट आतिथ्यतामा तिज विशेष कार्यक्रम सम्पन्न भएको थियो । सो कार्यक्रममा गाउँपालिकाका प्रशासन तथा योजना शाखा प्रमुख खगेन्द्र बहादुर शाहि लगायतका कर्मचारीहरु, वडा न ५ का सबै जनप्रतिनिधि तथा कर्मचारीहरु, राजनितिकर्मी, समाजसेवि, शिक्षक, बिध्यार्थि, कलाकार र सयौंको संख्यामा आमाबुवा, दिदिबहिनिहरुको उपस्थिती रहेको थियो । उक्त कार्यक्रममा बिभिन्न खेलकुदहरुमा बिभिन्न स्थान हासिल गर्नुहुने बिजेताहरुलाई नगद पुरस्कार सहित प्रमाणपत्र तथा निर्णायक मण्डल र अन्य सहयोगि महानुभावहरुलाई प्रशंसापत्र सहित सम्मान गरिएको थियो ।




