तुलसीपुर, १ असोज । दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका डाक्टरहरू अदोषीलाई कार्वाहीको माग राख्दै आन्दोलित भएका छन् । हेटौडामा चिकित्सक माथि भएको कुटपिटको विरोधमा चिकित्सकहरू आन्दोलित भएको अस्पतालका प्रमुख डा पदमराज अधिकारीले जानकारी दिनुभयो । अस्पतालको प्राङ्गणबाट सुरु भएको चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मी सहितको विरोध ¥यालीले बजारका विभिन्न भाग समेत परिक्रमा गरेको थियो । ¥यालीमा सहभागीले डाक्टर, स्वास्थ्यकर्मी, नर्स लगायत स्वास्थ्य संस्थामा हुने आक्रमण बन्द गर, चिकित्सकलाई काम गर्ने वातावरण तयार गर, घटनामा संलग्न व्यक्तिलाई कारबाही गर लेखेका ब्यानर तथा प्लेकार्ड बोकेका थिए । चिकित्सकहरुको छाता संगठन नेपाल मेडिकल एशोसियसनको आव्हानमा आइतबार भएको एक दिने आन्दोलनका कारण इमर्जेन्सी सेवा बाहेक सबै सेवा ठप्प भएको छ । अस्पतालमा सेवा ठप्प भएपछि उपचारका लागि आएका बिरामीहरू उपचार बिना नै फर्किन बाध्य भएका छन् ।
दोषीलाई कार्वाहीको माग राख्दै आन्दोलनमा उत्रिय राप्ती प्रादेशिक अस्पतालका चिकित्सकहरू
Byदोर्ण के.सी.
१ आश्विन २०८०, सोमबार ०७:४८ १ आश्विन २०८०, सोमबार ०७:४८ १ आश्विन २०८०, सोमबार ०७:४८
By दोर्ण के.सी.
सम्बन्धित पोस्टहरू
तुलसीपुरमा सडक सुरक्षाका लागि जेब्राक्रसिङ निर्माण
२३ जेष्ठ २०८३, शनिबार १५:०७ २३ जेष्ठ २०८३, शनिबार १५:०७ २३ जेष्ठ २०८३, शनिबार १५:०७
दोर्ण के.सी.
दिवंगत राजपरिवारको सम्झनामा आज दीप प्रज्वलन कार्यक्रम गरिने
१९ जेष्ठ २०८३, मंगलवार १०:२७ १९ जेष्ठ २०८३, मंगलवार १०:२७ १९ जेष्ठ २०८३, मंगलवार १०:२७
दोर्ण के.सी.
तुलसीपुरको गुल्मचोकमा टिपर र मोटरसाइकल ठोक्किदा, बावुछोरा गम्भिर घाइते, नेपालगन्ज रिफर
१८ जेष्ठ २०८३, सोमबार ०२:२९ १८ जेष्ठ २०८३, सोमबार ०२:२९ १८ जेष्ठ २०८३, सोमबार ०२:२९
दोर्ण के.सी.
