टमाटरको मूल्य निरन्तर ओरालो लाग्दै

Byदोर्ण के.सी.

१ आश्विन २०८०, सोमबार १३:५० १ आश्विन २०८०, सोमबार १३:५० १ आश्विन २०८०, सोमबार १३:५०

थर्कोट समाचारदाता
असोज १,दाङ
कुनै समय प्रतिकिलो १ सय ५० रुपैयाँसम्म बिक्री भएको टमाटरको मूल्य दिनप्रतिदिन घटन थालेको छ । कृषि उपज बजार कपुरकोट सल्यानका अनुसार ५० देखि ५५ रुपैयाँका दरले टमाटर बिक्री भएको जनाएता पनि पछिल्लो समयमा आएर टमाटरको मुल्य खस्किन पुगेको हो । भारतको टमाटर नेपाली बजारमा आउन थालेपछि नेपालको उत्पादनले भने मूल्य पाउन छोडेको छ । भारतसम्म निकासी हुँदा सल्यानका किसानले १ सय ५० रुपैयाँ प्रति किलोसम्म टमाटर बिक्री गरेका थिए । कृषि उपज संकलन केन्द्र कपुरकोटका अनुसार टमाटार ५० देखि ५५, बन्दागोभी ४० देखि ४५, फूलगोभी ५० देखि ५५, भेडे खुर्सानी ७० देखि ७५, मोटो खुर्सानी ५० देखि ५०, मसिनो खुर्सानी ५५ देखि ५५, अकबरे खुर्सानी ९५ देखि १०० रुपैयाँ रुपैयाँले बिक्री भएको सकलन केन्द्रका अध्यक्ष तिलक शर्माले जानकारी दिएकाछन्। यस्तै सिमी ५० देखि ५५, काक्रो लोकल ९० देखि १००, काक्रो उन्नत ६५ देखि ७० मुला २५ देखि ३०, अदुवा पुरानो १६० देखि १७०, कागती ६० देखि ६५, माछे खुर्सानी ६० देखि ६५, धनिया ९० देखि ९५, तित करेला ४० देखि ५०, भान्टा ४०, टमाचार वि।एस ४५ देखि ५० र साग ५५ देखि ६० रुपैयाँ प्रतिकिलो बिक्री वितरण भएको शर्माले बताएका थिए ।

सम्पादक छनोट

This will close in 0 seconds