हिउँदे वर्षा भए पछि किसानहरू हर्षले खुसी साट्दै

Byदोर्ण के.सी.

२३ फाल्गुन २०८०, बुधबार १६:३९ २३ फाल्गुन २०८०, बुधबार १६:३९ २३ फाल्गुन २०८०, बुधबार १६:३९

दाङमा ठिक समयमा वर्षा भएपछि किसानहरू सार्है खुसी भएकाछन् । माँैसम पूर्वानुमान महाशाखाका अनुसार पञ्चिमी न्यूनचापीय प्रणाली पश्चिमबाट पूर्वतर्फ सर्दै जाने क्रममा दुई दिनसम्म सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही ठाउँमा तथा बाग्मती प्रदेशको पहाडी भेगका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावनासँगै पानी दाङ सम्पूर्ण ठाउँहरूमा पनि परेको थियो । यसरी दाङ लगायत देशभर फागुन २० र २१ गतेदेखि लगातार दुई दिनसम्म पञ्चिमी न्यूनचापीय प्रणाली पश्चिमबाट पूर्वतर्फ सर्दै परेको वर्षाले हिउँदे बालीलाई राहत भएको भन्दै दाङका किसानहरू खुसी भएका हुन् । दाङमा लगाईएका गौँ, चना, मसुरो लगायतका विभिन्न बालीहरूले भनेको समयमा पानी पाएका थिएन्न् । यसरी बालीले भनेको समयमा पानी नपाउँदा बालीहरू नष्ट हुन थालेपछि किसानहरू सार्है चिन्तामा पर्दै पानीलाई पुकारी रहेको थिए । यसरी शनिबार र आइतबार दुई दिनदेखि छिटफुट रुपमा पानी परेपनी सोमबार बिहान भएको भारी वर्षाले हिउँदे बालीलाई राहत पुगेपछि दाङ लगायत देशभरका किसानहरु खुसी भएका हुन् । दाङ तराईका जिल्लाहरूमा सिंचाईको व्यवस्था भएपनि भनेको समयमा पानी नपाउँदा बाली सुकेर नष्ट हुँदा किसानहरू आकासे पानीको भरमा परेका थिए । फागुन महिनाको अन्त्यसम्म हिउँदे वर्षा नहुँदा चिन्तित भएका किसानहरू फागुन १९ गतेबाट परेको वर्षासँगै २१ गते सोमबार बिहानी पखको वर्षाले बालीलाई ठुलो राहत पु¥याएको भन्दै तुलसीपुर उपमहानगरपालिका वडा नं.–३ लगायतका सम्पूर्ण ठाउँका किसानहरू खुसीले रमाएका थिए । उनीहरूले सिंचाई कुलोबाट भनेको समयमा पानी पाउन सकेका थिएन्न । भनेको समयमा पानी नपाएपछि लगाएका बालीहरू बिस्तारै सुक्दै जान थालेका थिए । तर हामीहरूले चाहेको समयमा सोचे अनुसारको पानी आएपछि लगाएका बालीहरूमा ठुलो राहत भएको बताएका हुन् । उनीहरू भन्छन् पहिला त फाटफुट पानी आएको थियो । अब यतिकैमा पानी आउँदैन केहो भनेका थियौँ । तर सोमबार बिहानको वर्षातले गर्दा ठुलो राहत भएको बताएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds