रोल्पा न.पा.४ लिबाङमा भैलोको टिमद्वारा विरामीलाइ आर्थिक सहयोग

Byदोर्ण के.सी.

२३ मंसिर २०८०, शनिबार १४:३४ २३ मंसिर २०८०, शनिबार १४:३४ २३ मंसिर २०८०, शनिबार १४:३४

पछिल्लो समयमा आएर कतिपय भैलो गुरूपले दिपावलीमा खेलेको भैलोको रकमबाट केहीले बिरामीलाई, केहीले सामाजिक क्षेत्रको विकासमा लगाएको पाउन सकिन्छ ।
यस्तै रोल्पा नगरपालिका वडा नं. ४ ले गरेकोछ । नेपालीहरुको महान पर्व २०८० सालको शुभ दिवावलीको अवसरमा सञ्चालन गरिएको भैलाबाट रोल्पा नगरपालिका वडा नं। ४ का शुशिला आचार्यको उपचारका लागि १० हजार रुपैया सहयोग प्रदान गरेको हो । बुढो भैलो सञ्चालन समूहका संयोजक एवं समाजसेवी चित्रबहादुर सेनले शनिबार भैलो कार्यक्रमको समापनको अवसरमा हस्तातरण शुशिला आचार्यको छोरा पुस्कर आचार्यलाई हस्तातरण गर्नुभएको हो । फोक्सोमा संक्रमण भएपछि शुशिला आचार्यले उपचार गराई रहनुभएको छ । आर्थिक अभावमा पनि उपचार गराई रहुनभएका आचार्यको उपचारका सहयोग गरेको थियो । समूहका संयोजक चित्रबहादुर सेनले भैलो टोलीले १ लाख २८ हजार संकलन गरेको सो रकमबाट समूहलाई आवश्यक पर्ने ८५ वटा थाल, २५ वटा कुर्सी खरिद गरिएको बताउनुभयो । समापन कार्यक्रमको खर्च कटाएर वाँकी रकम समूहमै राख्ने केही आपत विपतमा समेत सहयोग हुने बताउनुभयो । समापन कार्यक्रममा रोल्पा नगरपालिका उप्रप्रमुख गीता आचार्य, ने।क।पा। ९माओवादी केन्द्र० का रोल्पा नगरपालिका अध्यक्ष फविन्द्र आचार्य, रोल्पा नगरपालिका निवर्तमान अध्यक्ष नबराज अचार्य, नेपाल पत्रकार महासंघ रोल्पाका निवर्तमान अध्यक्ष मानसिंह विश्वकर्मा, टोल विकास सँस्थाका अध्यक्ष रामबहादुर बुढाथोकी, शहरी खानेपानी उपभोक्ता समूहका अध्यक्ष लिलाधर आचार्य, समाज सेवी तिलु आचार्य लगायत समाजसेवी, बुद्धिजिवीहरुको आतिथ्यता रहेको थियो । कार्यक्रम पछि नाँच समेत प्रदर्शन गरिएको थियो । देउसी भैलो खेलेर संकलन गरिएको रकम यसरी समाज सेवामा लगानी गर्नका लागि एउटा उदाहरण दिएको छ । अरु समूहले पनि त्यस्तै गर्ने की

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds