थर्काेट समाचारदाता
दाङ, १९ जेठ।
शिव सेना नेपाल दाङले दिवंगत राजपरिवारको सम्झनामा आज साँझ ७:०० बजे तुलसीपुरस्थित बिरेन्द्र चोक मा दीप प्रज्वलन कार्यक्रम आयोजना गर्ने भएको छ। नेपालका तत्कालीन राजा वीरेन्द्र वीर विक्रम शाह देव को निधन भएको दिनको स्मरणमा उक्त कार्यक्रम गर्न लागिएको शिव सेना नेपाल दाङले जनाएको छ। राजा वीरेन्द्रको २०५८ साल जेठ १९ गते निधन भएको थियो।
कार्यक्रममा उद्योगी, व्यापारी, व्यवसायी, नागरिक समाजका प्रतिनिधि, मानव अधिकारकर्मी, पत्रकार तथा सर्वसाधारण नागरिकलाई उपस्थित भई कार्यक्रमको शोभा बढाइदिन शिव सेना नेपाल दाङले आग्रह गरेको छ।
दिवंगत राजपरिवारप्रति श्रद्धाञ्जली अर्पण गर्दै राष्ट्रप्रेम, एकता र स्मरणको भावनालाई सुदृढ बनाउने उद्देश्यले दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds