



तुलसीपुर, १८ मंसिर । आज बिहानै देखि दाङमा चिसो बढेको छ । मौसम बदली भएसँगै दाङका विभिन्न स्थानमा छिटफुट पानी परेपछि चिसो बढ्दै जान थालेको हो । चिसो बढ्दै जान थालेपछि दाङको जनजीवन प्रभावित भएको छ ।





चिसोका कारण विशेष गरि वृद्ध र बालबालिका बढि प्रभावित भएका छन् । दाङको अधिकतम तापक्रम १९ दशमलव ७ डिग्री सेल्सियस रहेको छ भने न्यूनतम तापक्रम १४ दशमलव ४ डिग्री सेल्सियस रहेको छ । त्यसैगरी वर्षा १ दशमलव ५ मिलिलिटर रहेको जल तथा मौसम फिल्ड कार्यालय घोराही दाङले जनाएको छ ।



