शान्तिनगर १८ मंसिर शान्तिनगर गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत भीष्म कुमार मल्लले कर्मचारी र जनप्रतिनिधिहरूको सम्बन्ध नङ र मासुको जस्तो हुनपर्ने बताउनु भएकाे छ । प्यूठानबाट सरुवा भइ आउनु भएका मल्लले गाउँपालिकाले आयोजना गरेकाे स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै मित्रवत व्यवहार र सुमधुर सम्बन्धले गन्तव्यमा पुग्न सकिने बताउनुभयाे ।
प्रमुख प्रशासकीय अधिकृत मल्लले शान्तिनगर का विभिन्न स्थानहरूमा सार्वजनिक शौचालय हरू निर्माण गर्नुपर्ने बताउँदै फोहर व्यवस्थापन गर्न पनि उत्तिकै आवश्यक रहेको बताउनु भएकोछ । अधिकृत मल्लले समृद्धि को यात्रामा अगाडि बढ्न सबै एकमत हुनुपर्ने समेत वताउनु भएकोछ । कर्मचारीहरुलाइ आफ्नो पदमा रहदा सम्म इमान्दारी पूर्वक काम गर्न समेत निर्देशन दिनुभएको छ ।
शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतको अध्यक्षतामा भएको स्वागत कार्यक्रममा उपाध्यक्ष प्रेमा बुढाथोकी केसी, गाउँपालिकाका प्रवक्ता मिन बहादुर केसी लगाएतले आफ्नो धारणा राख्नु भएको थियो । उक्त कार्यकममा गाउँपालिकाका कर्मचारी’ जनप्रतिनिधि’ पत्रकार तथा स्थानीय व्यक्तिहरूको सहभागीता रहेको थियो .। आज नै प्रमुख प्रशासकिय अधिकृत मल्लले विभिन्न शाखाको निरिक्षण समेत गर्नु भएकोछ । यस अघिका प्रमुख प्रशासकिय अधिकृत गणेश अधिकारीको पाँचथर जिल्लाको कुम्मायक गाउँपालिकामा सरुवा भएकोछ । कार्यक्रमको सहजिकरण प्रशासन शाखा प्रमुख कृष्ण कँडेलले गर्नु भएको थियो ।
