तुलसीपुर, १३ असोज । तुलसीपुरको कल्ले जोड्ने सडक मर्मत कार्य सम्पन्न भएपछि स्थानीयबासीहरू हर्षीत भएकाछन् । दाङको तुलसीपुर उपमहानगरपालिका ३ मा पर्ने पैयाँखोरे सातबास हुदै कल्ले जोड्ने सडक मर्मतको कामले पुर्णता पाएपछि सो क्षेत्रका स्थानीयबासीहरू खुशीले हर्षीत भएका हुन्। तुलसीपुरको दुर्गम बस्तीका रुपमा चिनिने कल्लेमा गतवर्ष मात्रै मोटरबाटो पुगेको थियो । पैयाँखोरे देखी सातबास सम्म पहिले देखी नै मोटरबाटो सञ्चालन हुदै आएको भएपनी सातबास देखी कल्ले

सम्मको नया ट्रयाक भने गत वर्ष २०७९ साल असारमा मात्रै खोलिएको थियो । त्यसपछी कात्तीकमा उक्त मोटरबाटो उद्घाटन भएसँगै डबलक्याप जिप सञ्चालनमा आएपछी कल्लेका नागरिकलाई तुलसीपुर बजार आवतजावत गर्न र आवश्यक सरसामाग्री ढुवानी गर्न सहज भएको थियो । ९र१० महिना सम्म निरन्तर रुपमा सवारीसाधन सञ्चान भएको उक्त सडक असारमा आएको बर्षात सँगैको पहिरोका कारण अवरुद्ध हुदा अहिले सम्म सवारीसाधन आवागमन ठप्प भएको थियो ।

