काठमाडौ
१९ कार्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जाजरकोट भूकम्प पीडितको राहत र पुनःस्थापनालाई प्रभावकारी रुपमा सञ्चालन गर्न निर्देशन दिएका छन । सिंहदरबारमा आइतबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विगतको अनुभवको राम्रो समीक्षा गर्दै भूकम्पपीडितको राहत र पुनःस्थापनालाई प्रभावकारी रुपमा सञ्चालन गर्न निर्देशन दिएका हुन । उनले विपत्तीलाई पुनःनिर्माणको महत्वपूर्ण अवसरका रुपमा सदुपयोग गर्दै विपदपछिको उद्दार, राहत र पुनःनिर्माण प्रभावकारी बनाउनेतर्फ गम्भीर हुन समेत निर्देशन दिएका छन। भूकम्पपछि सबै दल, संघीय सरकार र विभिन्न निकायहरु, प्रदेश सरकार र स्थानीय सरकारहरुले लिएको पहलका निम्ति सबैमा धन्यवाद व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले खोज, उद्दार र उपचारको काम मूलभूत रुपमा पुरा गरेको जानकारी दिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds