चाडपर्वलाई खुशीयालीका साथ मनाऔ ।

Byदोर्ण के.सी.

१६ कार्तिक २०८०, बिहीबार १७:३५ १६ कार्तिक २०८०, बिहीबार १७:३५ १६ कार्तिक २०८०, बिहीबार १७:३५

भाईटिका, तिहार (दिपावली) सबैका घरआँगनमा आइपुगेको छ । रोजगारी, व्यवसाय र अध्ययन लगायतका लागि टाढा पुगेका प्रदेशीहरू तिहार मनाउन आ–आफ्नो घरतर्फ कतिपय फर्किसकेका छन् त कतिपय बाटोमा त कतिपय फर्किने तयारीमा रहेका छन् । उनीहरूको आगमनले परिवारभित्र मात्र नभएर गाउँटोलमा उल्लास छाउँदै छ । घरहरू सिँगारिएका छन्, सफासुग्घर बनाइएका छन् । शुभकामना आदानप्रदान चलिरहेको छ । तिहारमा पारिवारिक जमघट, आफन्तसित भेटघाट र साथीभाईहरूसँग देउसी भैलो खेल्ने पर्व पनि हो । मानिसहरू विभिन्न कर्मथलोका लागि टाढा–टाढा पुगेको भए पनि तिहारमा घर फर्कने नेपालीको प्रचलन छ । यही बेला हुने मान्यजनसँग भेटघाट ददाजुबहिनी, दिदीभाईको आपसी सम्बन्धलाई प्रगाढ बनाउन मद्दत गरिरहेको हुन्छ । यस पर्वमा राम्रो लगाउने र मिठो खाने प्रचलन छ । तिहारमा नयाँ लुगा पाएर फुरुङ्ग बनेका बालबालिकाले घर–गाउँलाई उज्यालो बनाइरहेका हुन्छन् । सकेसम्म राम्रो लगाएर, मिठोमसिनो खाएर आफ्ना दुःख–पीडा भुल्दै रमाइलोसँग चाडपर्व मनाउने सबैको चाहना हुन्छ । तर आर्थिक अवस्था कमजोर भएका मानिसका लागि दसैंले तनाव पनि दिइरहेको हुन सक्छ । बढ्दो महँगीको चिन्ता छ । त्यसैले देखासिकी खर्चिलो हुनेभन्दा पनि गच्छे अनुसार मितव्ययी

ढंगले मनाउने गरे चाडपर्व रमाइलो हुन्छ । कतिपय व्यापारी–व्यवसायीले बढी किनमेल हुने चाडको मौका पारेर मूल्य, गुणस्तर र तौलमा ठग्ने प्रवृत्ति पनि छ । आउजाउ चाप बढी हुने यही बेला यातायात व्यवसायीले चर्को भाडा असुलिरहेका हुन्छन् । सरकारले प्रभावकारी रूपमा अनुगमन–नियमन गरेर उपभोक्तालाई हरसम्भव राहत दिने प्रयास गर्नुपर्छ । दसैंका बेला यात्रुको सुरक्षालाई पनि विशेष ध्यान दिन जरुरी छ । दसैं मनाउन घर जान र फर्कन सधैं सास्ती हुने गरेको छ । यात्रुको चाप बढी हुने भएकाले व्यवसायीले यात्रु कोचेर थोत्रो गाडी समेत चलाइरहेका हुन सक्छन् । जतिसक्दो बढी खेप लगाउने

ध्याउन्नमा चालकले राम्ररी आरामसमेत नगरी गाडी कुदाइरहेका हुन्छन् । सवारी साधन सञ्चालनमा कसैले पनि हेलचेक्रयाइँ गर्नु हुँदैन, गर्न दिनु हुँदैन । चाडपर्व मनाउन मानिस घर फर्कने हुनाले ठूला सहर प्रायः सुनसान हुन्छन् । काठमाडौं उपत्यकाबाट मात्र २० लाख हाराहारी मानिस बाहिरिन्छन् । घर–पसलमा ताल्चा लगाएर मानिस हिँडेका बेला चोरीको जोखिम बढी हुन्छ । यस्तो बेला खास गरी सहरी क्षेत्रमा सुरक्षा निगरानीमा प्रहरी सक्रिय हुन जरुरी छ । चाडपर्वका बेला लाग्ने मेला वा कुनै जमघटमा अधिक मादक पदार्थ सेवन गर्ने, झगडामा उत्रिनेजस्ता गतिविधि पनि हुन सक्छन् । त्यस्ता घटना हुन नदिन सुरक्षा निकाय चनाखो भइरहनुपर्छ । चाडपर्व कसैका लागि दसा बन्ने अवस्था आउन दिनु हुन्न । त्यसैले हामीहरूले परिवारसँगै जमघट गरेर सबै परिवार एकसाथ बसेर मिठा–मिठा कुरा गर्दै मिठम–मिठा खानेकुराहरू खाएर अरूको देखासिखी नगर आफ्नो क्षमता अनुसारले चाडपर्व मनाउनु पर्दछ । यसपालीको भाइटिका अरू बेलाजस्तै सबैका लागि सम्बन्ध नवीकरण एवं सुदृढीकरण, आत्मीयता साटासाट र खुसियालीको पर्व बन्न सकोस्, सबैमा उत्साह र उमङ्ग छाओस् । दिपावलीकोे सबैमा शुभकामना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds