निद्रा कम लाग्ने मानिसमा देखिन सक्छ यस्ता समस्या छ ।

Byदोर्ण के.सी.

१४ कार्तिक २०८०, मंगलवार १८:४२ १४ कार्तिक २०८०, मंगलवार १८:४२ १४ कार्तिक २०८०, मंगलवार १८:४२

राम बहादुर के.सी.
तुलसीपुर १४ कार्तिक
अर्थतन्त्र चौपट अवस्थामा पुगेको छ । तनाव पनि उत्तिकै बढेको छ । मानिसको जीवन शैलीमा देखिएको उतार चढाव तथा तनावका कारण निद्रा नलाग्ने समस्या पनि आम बनेको छ । किनकी मनमा शान्ति भए मात्रै मानिस राम्रोसँग निदाउन सक्छ । कोरोनाले धेरैको शान्ति खोसिदिएको छ ।
एक खोजअनुसार कुनै पनि मानिसलाई निदाउन एक घण्टाभन्दा बढी समय लाग्छ वा निदाउन नै गाह्रो भएको छ भने मानिसलाई ह्दयघात हुने सम्भावना २४ प्रतिशत बढी रहेको पाइएको छ । अनिद्रा तथा कम निद्राका कारण मानिसमा विभिन्न ५ प्रकारका खतरा देखिने अध्ययनले जनाएको छ । तनाबका कारण अनेकन प्रकारका खतरा उत्पन्न हुने तथा समस्या पैदा हुने गरेको छ । शोध अनुसार ४ घण्टाभन्दा कम समय सुत्ने मानिसमा बुढ्यौलीपन छिट्टै देखिन्छ । कम समय सुत्ने मानिसको शरीरमा एन्टिबडी बन्ने प्रक्रिया ५० प्रतिशत भन्दा कम हुने गरेको पाइएको छ ।
१ घण्टाभन्दा कम सुत्ने मानिसको हकमा भने अनेकन खालका समस्या देखा पर्ने गरेको छ । त्यस्तै, ६ घण्टाभन्दा कम सुत्ने मानिसमा अल्जाइमर्सको समस्या देखा पर्ने सम्भावना बढी रहेको अध्ययनले देखाएको छ । त्यसैगरी ७ घण्टा भन्दा कम समय सुत्ने मानिसलाई अनेकन खालका फ्लू हुने खतरा बढी रहन्छ । कम समय सुत्ने मानिसको सिधा सम्बन्ध ‘हाइ ब्ल्ड प्रेसर’, ह्दयघात, ‘स्ट्रोक’ जस्ता बिमारी हुने सम्भावना बढी रहेको छ । निद्रा कम हुने मानिसमा बैचैनी तथा डिप्रेशनको समस्या बढी रहेको पाइएको छ । एल्सिवियर जर्नलमा प्रकाशित विवरण अनुसार प्रर्याप्त मात्रामा ननिदाउने मानिसमा आत्महत्या गर्ने सोच समेत बढी मात्रामा आउने गरेको पाइएको छ । स्वास्थ्य जीवनका लागि कम्तीमा पनि दैनिक ७ घण्टा निदाउनु जरुरी हुन्छ । यदि तपाईं राम्रोसँग निदाउन सक्नुहुन्न भने तपाईलाई ह्दयघात हुने सम्भावना २४ प्रतिशत बढी रहेको पाइएको छ । जर्नल ओपन हर्टका अनुसार ह्दयघातका कारण अस्पतालमा भर्ना भएका कूल ४२ हजार बढी मानिसमा गरिएको शोधमा उत्तः तथ्य फेला परेको हो । तपाई ओछ्यानमा जाने समयलाई केही तल माथि गर्न सक्नुहुन्छ । ओछ्याउनमा गएपछि कामको बारेमा समेत सोच्न छाडिनुस् वा कुनै पनि नकारात्मक सोच नराख्नुस्, त्यसले तपाईंलाई स्वस्थ्य बनाउन सहयोग पुर्याउँछ ।
ओछ्यानमा गएपछि मनमा कुनै पनि प्रकारको योजना नबनाउनुस् वा आँखा बन्द गरेर सकारात्मक सोच राख्नुस् । यसले तपाईं मिठो र गहिरो निद्रा लगाउन मद्दत पुर्याउँछ ।
कम समय सुत्ने मानिस चाँडै बुढो देखिन्छ । भने शरीरमा रोग प्रतिरोधी क्षमता बढाउने एन्टिबडी बनाउन समेत नसक्ने अवस्था रहन्छ । कोरोना खोपका सन्दर्भमा समेत यसबारेमा अध्ययन भइरहेको छ ।
कम सुत्ने मानिसमा मतिष्क रोग हुने सम्भावना पनि उत्तिकै रहन्छ । त्यसबाट अल्जाइमरको समस्या बढी हुने सम्भावना रहने उक्त अध्ययनबाट पत्ता लागेको छ ।
सेन्टर फर ह्युमन स्लीप साइन्सका अनुसार पनि हरेक दिन ६ घण्टाभन्दा कम सुत्ने मानिसलाई अनेकन खालका स्वास्थ्य समस्या देखा पर्छ । यस्तै, नेशनल लाइब्रेरी अफ मेडिसिन साइन्सका अनुसार हरेक दिन ७ घण्टा भन्दा कम समय सुत्ने मानिसलाई रुघा वा खोकीको समस्या देखिने मात्रा ३ गुणा बढी रहेको छ । जबकी कोरोनामा पनि कम निद्रा सबैभन्दा बढी खतरनाक देखिएको छ । तर, यस सम्बन्धी खोज भने प्रारम्भिक अवस्थामा मात्रै रहेको छ ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds